site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले नेता भन्छन्– ५०/५० को आधारमा एकता हुँदैन्, गणितको कुरा छोडिदिनुहोस् 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संख्या अर्थात् ५०/५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुँदैन, म स्पष्ट पार्न चाहन्छु।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले पार्टी एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक हुने भएकोले गणितको आधारमा एकता नहुने स्पष्ट पारे । ‘एकता भन्नेबित्तिकै दुवै पार्टी अब एक रह्यो, त्यसैले गणितको आधारमा एकता हुँदैन्’ उनले भने,‘प्रश्न गणितको होईन, हामी योग्य र सक्षम नेताहरुलाई जिम्मेवारी दिन्छौं, संख्या त १/२ जना तलमाथि हुनसक्छ।’
उनले दुवै पार्टीका नेताहरुले अब एकता प्रक्रियालाई छामछामछुमछुम पार्न नहुने स्पष्ट पारे । उनले पार्टी एकता बराबरी वा घटी भन्दापनि दुवै पार्टीका नेताहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गर्नेगरि हुने जिकिर गरे । उनले भने,‘एक/दुई जना एमालेका वा एक/दुई जना माओवादीका साथीहरु बढि घटि हुनसक्छन्, संख्याको आधारमा एकता हुँदैन्।’ मुलुकमा ५० वर्ष नेतृत्व प्रदान गर्नेगरि दुवै पार्टीबीच एकता हुने उनको भनाई थियो ।  
पोखरेलले दुई पार्टीबीचको एकता छिट्टै टुँगोमा पुग्ने दाबी गरे । उनले थपे,‘अब धेरै समय लाग्दैन्, चाँडै हामी एकता घोषणा गर्छौ, एकता किन ढिलाई भैरहेको छ भनेर अहिले जनताले सोध्न थालिसके, तपाईहरु पत्रकार मित्रहरुलेपनि एकता कहिले हुन्छ, के कारणले विलम्ब भयो भनेर सोध्दा यसमा त हाम्रो कमजोरी देखियो नि, समृद्ध नेपाल र सुखी नेपालीको नारा अनुसार देशलाई अघि बढाउनुपर्छ, एकताको नाममा अब अलमलिने फुर्सद छैन्।’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC