site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यानको विशेष साधारणसभा जारी, विधान अनुमोदनको तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा काठमाडौंमा जारी छ । सभाले आईसीसीको सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गर्ने तयारी छ ।

आज (बिहीबार) मध्यान्हदेखि सुरु भएको विशेष साधारण सभाको औपचारिक सत्र सकिएर बन्द सत्र सुरु भएको छ । शुक्रबारसम्म हुने साधारण सभाले क्यानको नयाँ विधानलाई अनुमोदन गर्दै निलम्बनको बाटो खुला गर्ने विश्वास लिईएको छ । 

क्यानको विशेष साधारण सभामा बोल्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले क्यानको तत्काल विवाद अन्त्य हुनुपर्ने बताए । मन्त्री विश्वकर्माले भने “भोलिको दिनमा नेपाली क्रिकेटको भविष्य सुन्दर छ । क्यानको विवाद समाधान गर्दै खेलाडीले पनि वास्तविक सम्मान पाउनेछन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले नेपालमा क्रिकेटको क्रेज राम्रो भएको भन्दै क्यानले विवाद अन्त्य गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने “अहिले क्रिकेट नेपालमा संस्कृतिको रुपमा आएको छ । यसको निकासका लागि सबै मिलेर अघि बढ्नुपर्छ ।”

यता, निर्वाचित क्यानका अध्यक्ष चतुर बहादुर चन्दले भने क्यान निलम्बन हुनुको मुख्य कारण सरकार भएको आरोप लगाए । उनले भने “सरकारकै कारण क्यान निलम्बनमा परेको हो । सरकारले तदर्थ समिति नबनाएको भए यस्तो अवस्था आउने थिएन ।”

Global Ime bank

उनले थपे “विधि, विधान र न्याय तरिकाले क्रिकेटको निकास लिकाल्नु पर्छ । क्रिकेटको विकासमा निर्वाचित क्यान बाधक बन्ने छैन ।”

विशेष साधारणसभामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतिनिधिका रुपमा अमर शेख आएका छन् । विशेष साधारण सभामा ३७ वटा जिल्लाका प्रतिनिधि आएका छन् । 

यो विशेष साधारण सभाले क्यानको विधान अनुमोदन गरेको खण्डमा आईसीसीको प्रतिबन्ध हट्ने बाटो खुल्नेछ । यसअघि पनि सल्लाहकार समितिले बनाएको विधान क्यानले अनुमोदन गर्नुको सट्टा संशोधन गरेपछि आईसीसी झनै रुष्ट बनेको थियो । विधान अनुमोदनका लागि हुन लागेको यो दोस्रो विशेष साधारण सभा हो । 

त्यस्तै यो विशेष साधारण सभाले फेरी पनि विधान संशोधन गरेको खण्डमा आईसीसीले सदस्यताबाटै खारेज गर्न सक्छ । यसअघि आईसीसीका उपाध्यक्ष इमरान ख्वाजासहितको प्रतिनिधि नेपाल आएर यो अन्तिम मौका हो भन्दै क्यानलाई चेतावनी दिएका थिए ।

क्यानको विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटङ कमिटि गठन हुनेछ । मनिटरिङ कमिटिले क्यानको चुनाव गराउदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटिमा ५ सदस्य रहने छन् । आईसीसीको प्रतिनिधि ३, राखेप र निर्वाचित क्यनको समान १–१ जना प्रतिनिधि सदस्य रहने छन् । क्यानको अहिले ३७ जिल्लामा निर्वाचन भई सकेको छ । मनिटरिङ कमिटिले आवश्यकता अनुसार पुनः निर्वाचन गर्न सक्नेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC