site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली–प्रचण्ड भेट : फुकेन एकताको गाँठो
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ । अनौपचारिक भनिएको भेटवार्तामा पार्टी एकताकै उल्झन हटाउने प्रयत्न गरिएको प्रधानमन्त्रीको सञ्चार सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

उनकाअनुसार भेट एकता प्रक्रियामा देखा परेका समस्या समाधानमा केन्द्रित भए पनि छलफल निष्कर्षमा पुग्न सकेन ।

Agni Group

“सम्वाद नियमित भइरहेको छ परिणाम नआएसम्म केही भन्न सकिँदैन,” उनले भने । विवाद समाधान गर्न कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिए यता नियमित सम्वाद भइरहे पनि सहमति भइनसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको करिब २ घन्टाको वार्ता उपलब्धिमुलक बन्न नसकेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।
“आजको वार्तामा केही सहमति हुन सकेन,” उनले भने, “बाँकी रहेका विषयहरुमा छलफल गर्ने काम मात्र भयो । तर, वार्ता सकारात्मक छ ।”

Global Ime bank

बुधबार बसेको एकता संयोजन समितिको बैठकमा दुवै दल एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य र जनयुद्धलाई महाधिवेशनमा टुङ्ग्याउन राजी भए पनि केन्द्रीय समितिको अनुपात मिलाउने विषय जटिल बनेको नेताहरूले बताउँदै आएका छन् ।
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC