site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले चौध वटा कानून राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा चार वटा ऐन, तीन वटा नियमावली, पाँच वटा कार्यविधि, एक आचारसंहिता र एक निर्देशिका प्रकाशन गरिएका हुन् । 

कार्यपालिकाको बैठकबाट कार्यविधि, निर्देशिका, आचारसंहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

राजपत्रको भाग–१ मा प्रकाशन भएका ऐनमा शुक्लाफाँटा नगरपालिका स्थानीय तहको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्न बनेको ऐन २०७४, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४, कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्यविभाजन नियवाली २०७४ र नगर कार्यपालिकाको निर्णय आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली, २०७४ रहेका छन् । 

यसैगरी, राजपत्रको भाग–२ मा शुक्लाफाँटा नगरपालिका एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४, योजना सञ्चालनसम्बन्धी कार्यविधि २०७४, स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७४, शुक्लाफाँटा नगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ र शुक्लाफाँटा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४ प्रकाशन गरिएका छन् । 

Global Ime bank

प्रस्तावना तयार गरिएका बाँकी ऐन छिट्टै विशेष नगरसभा डाकेर पारित गरी राजपत्रमा प्रकाशन गरिने नगर प्रमुख ऐरले बताए । ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित भई राजपत्रमा प्रकाशन भइसकेपछि कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै नगर प्रमुख ऐरले भने, “नगरको कार्य सञ्चालन गर्नका लागि सघाउ पुगेको छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC