site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै उनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए । उनले भने, “सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट गराउनेजस्ता गतिविधि भइरहेको भन्दै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्ने बताए । अपराधी लुक्ने ठाउँका रुपमा चितवन विकास हुँदै गएको भन्दै उनले भने, “जति विकास हुन्छ, चुनौती र अपराध थपिँदै जान्छ, सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ ।” 

लागूऔषध दुव्र्यसनी, तस्करी र कारोबारी बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि उनले निर्देशन दिए । मन्त्री थापाले भने, “लागूऔषधले घरघरमा विकृति बढाएको छ, यो अपराध नियन्त्रणमा विशेष कार्ययोजना बनाउन जरुरी छ ।” 

Global Ime bank

प्रहरी संगठनमा भौतिक पूर्वाधार, उच्च प्रविधिलगायतको अभावका बीच पनि संगठनले आफ्नो छवि उच्च राखेर अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै यसलाई अझ सशक्त बनाएर अघि बढ्नुपर्ने बताए । प्रहरीको समयमा बढुवा नहुँदा आत्मबल उच्च राख्न नसकिएको स्वीकार गर्दै उहाँले यसलाई नीतिगत रुपमा परिवर्तन गर्ने आश्वासन पनि दिए । 

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पर्याप्त मात्रामा जनशक्ति नहुँदा शान्ति सुरक्षा कायम गर्न कठिनाइ भएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC