site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहाँ पुगे मेयर विद्यासुन्दर शाक्यका एकसय एक प्रतिवद्धता ? काठमाडौंमा समस्या उस्तै !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको करिब एकवर्ष भएको छ ।  निर्वाचनका बेला उमेदवारले मतदातालाई विभिन्न आश्वासन बाँडे पनि अहिलेसम्म जनप्रतिनिधि नै आफैँ अलमलमा परेका छन् भने कतिले गर्नुपर्ने र तत्कालै गर्न सकिने काम पनि गरेका छैनन् ।

गत वर्षको वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौंका जनताले शाक्यलाई भारी मतका साथ मेयर पदमा विजयी गराए । सोही पदमा निकटतम प्रतिद्वन्द्वी रहेका राजुराज जोशीलाई हराउँदै शाक्य जेठ १७ बाट महानगरपालिकाको मेयर पदको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।

नगरबासीको मत शाक्यले पाए तर चुनावी प्रचार–प्रसारताका नगरबासीका घर–आँगनमा पुगेर जाहेर गरेका ‘एकसय एक कार्यक्रम’ का प्रतिवद्धताप्रति शाक्यले बेवास्ता गरेको पाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हराउँदै हरियाली, पुरिएनन् सडकका खाल्डा  
 

मेयर शाक्यले ग्रिन द सिटी र क्लिन द सिटी अभियान सुरु गरी काठमाडौंलाई हरियाली, सफा र सुन्दर बनाउने घोषणा गरे पनि यी अभियानलाई उनले निरन्तरता दिन सकेनन् ।  “क्लिन द सिटी मैले सुरुवात गरेको हुँ, यसलाई प्रत्येक वडाध्यक्ष र नगरबासीले निरन्तरता दिँदै लैजाने हो,” मेयर शाक्यले भने, “अब सडक सफा गर्ने होइन, घरबाटै फोहोर फाल्न बन्द गर्नुपर्छ ।”

Global Ime bank

शाक्यले यस्तो बताए पनि काठमाडौंका वागबजार, टुकुचा, कालिमाटी, कुलेश्वर र चक्रपथका अधिकांश स्थानमा फोहोरका डङ्गुर धेरै दिनसम्म थुप्रिने गरेका छन् ।  घरघरमा कौसीखेती गराइने र घरमा उत्पादित फोहोरलाई कम्पोस्ट मल बनाई कौसीखेतीमा प्रयोग गरिने र फोहोरबाट बिजुली उत्पादन गर्ने प्रतिवद्धता मेयर शाक्यले जनाएका थिए । 

दैनिक रुपमा उत्पादन हुने फोहोर व्यवस्थापनबारे आवश्यक कदम चाल्न नसक्दा र फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सडकमा थुप्रिएको फोहोरले काठमाडौंको सहरी सुन्दरता साथै मानव स्वास्थमा प्रतिकुल असर पार्ने गरेको छ ।
यसैगरी सडकका खाल्डा पुर्ने, धुलो नियन्त्रणका लागि पनि महानगरले कुनै कदम चाल्न सकेको छैन । यसका लागि महानगरपालिकाले गतवर्ष रु. २५ करोडको ठेक्का लगाएको थियो ।
तर सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन बिच्छ्याउन खनेको सडक भन्दै महानगर पन्छिने काम गरेको छ ।

“८ मिटर चौडाइभन्दा सानो क्षेत्रफलका सडकमात्र हाम्रो क्षेत्राधिकारभित्र पर्छन्,” महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, “हाम्रो क्षेत्राधिकारमा परेका सडक हामी निरन्तर रुपमा मर्मत, सम्भार गरिरहेका छौं ।” 
तर काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारमै रहेका सडकको मर्मत, सम्भार गर्न नसक्दा सडकका कारण प्रदुषण बढिरहेको छ ।

“मेयर आएपछि सडकका खाल्डाखुल्डी पुरिएलान्, बाटो हिँड्न सजिलो होला भन्ने सोचका थियौं,” बाङ्गेमुडाका स्थानीय राजुलाल महर्जन भन्छन्, “महानगरपालिकाले मेयर पायो, तर विकास पाएन ।”
ब्रुमर खरिद गरी सडकको धुलो सफा गर्ने बताए पनि हालसम्म महानगरपालिकाले ब्रुमर खरिद हुन सकेको छैन ।

“४ वटा ब्रुमर ल्याउँदै छौं,” पदवहालीलगत्तै शाक्यले बाह्रखरीसँगको कुराकानीमा भनेका थिए, “यसका लागि टेण्डर लगाइसकेका छौं । ब्रुमर चाँडै ल्याइनेछ ।” 
यससँगै सवारी साधनको व्यवस्थित पार्किंङ पनि शाक्यको एकसय एकमध्ये एउटा प्रतिवद्धता थियो ।  सडकसँगै जोडिएको सवारी साधनलाई व्यवस्थित पार्किङ गराउन पनि मेयर शाक्यले वैज्ञानिक कदम चाल्न नसकेको स्थानीयको गुनासो छ ।
ग्रिन द सिटी अभियान सञ्चालन गरी काठमाडौंलाई हरियालीयुक्त बनाउने प्रतिवद्धतामा पनि शाक्य चुकेका छन् ।  गतवर्षको जेठ १७ गते मेयर÷उपमेयरको पदवहाली भएको दिन उनीहरुले महानगरपालिका परिसरमा रुद्राक्षको बिरुवा रोपेर यो कामको सुरु गरेका थिए ।

त्यसपछि ‘ग्रिन द सिटी’ अभियानले सार्थकता पाउने चित्तबुझ्दो सुरुवात कतै देखिँदैन ।  माइतिघर–तीनकुने सडकको बीच भागमा लगाइएका बोटबिरुवाको संरक्षणमा पनि महानगरले खासै ध्यान दिएको छैन । 
“यी बोटबिरुवा नेपाल टेलिकमले लगाएको हुनाले यसको संरक्षणको जिम्मा हामी लिन सक्दैनौं,” महानगरपालिकाका एक अधिकृतले बताए । काठमाडौंका विभिन्न स्थानमा बोटबिरुवा रोपी हरियाली अभिवृद्धि गर्ने प्रतिवद्धता शाक्यले जनाए पनि उक्त प्रतिवद्धता केवल प्रतिवद्धतामा सीमित बनेको छ ।     

यससँगै सडक आसपासमा लत्रिएका बिजुली र इन्टरनेटका तारको व्यवस्थापन पनि फितलो देखिएको छ ।  “अव्यवस्थित तारकै कारण पोल ढलेर दिनभरि लाइन आएन,” थापागाउँका एक स्थानीयबासीले आइतबार बिहान ढलेको बिजुलीको पोलबारे बाह्रखरीसँग भने, “एउटै पोलमा धेरै प्रकारका तार बोकाउँदा यसरी पोल ढलेको हो ।”

जेष्ठ नागरिक केन्द्रित कार्यक्रम ओझेलमा
 

मेयर शाक्यले जेष्ठ नागरिकका क्षेत्रमा पनि विभिन्न कार्यक्रम ल्याइने प्रतिवद्धता व्यक्त गरेका थिए । सार्वजनिक यातायात सेवालाई थप प्रभावकारी बनाई काठमाडौंमा सार्वजनिक सवारीमा जेष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था गर्ने पनि शाक्यले जनाएका थिए ।

बारम्बार विवादित !
 

पदबहालिलगत्तै मेयर शाक्य विलासी गाडीको विवादमा मुछिए । मेयर शाक्यले १ करोड ३० लाख पर्ने फच्र्युन गाडी चढ्नुलाई धेरैजसो नगरबासीले– ‘मेयरको विलासी रवाफ’ भनी आलोचनामात्रै गरेनन् शाक्यको यस कदमप्रति तीव्र असन्तुष्टिसमेत जनाए ।

सम्पदाको पुनर्निर्माणमा पनि शाक्यले विवादित कदम चालेको सम्पदाप्रेमीहरुको गुनासो छ ।  ऐतिहासिक महत्व बोकेको रानीपोखरी र वागदरबारको पुनर्निर्माणका क्रममा शाक्य विवादित बने ।
रानीपोखरीको प्राचीनशैली मासेर पोखरीमा कंक्रिट वाल उठाउनाले शाक्य स्थानीयबासीबाटै आलोचित बनेका हुन् ।

“हामी सबै फेसवास गर्छौं, ब्युटी पार्लर जान्छौं, आफ्नो सुन्दरतामा ख्याल राख्छौं,” मेयर शाक्य प्रश्न गर्छन्, “तर रानीपोखरीलाई थोरै ब्युटिफिकेसन गरौं भन्दा किन यत्रो जनगुनासो ?”
रानीपोखरी मात्र होइन वागदरबार र काष्ठमाण्डप पुनर्निर्माणमा पनि मेयर शाक्य विवादित बने ।  काष्ठमाण्डप पुनर्निर्माणमा स्थानीयको प्रतिनिधित्व हुनुपर्ने स्थानीयको मागका कारण महानगरपालिकाले यसको पुनर्निर्माणबाट हात झिक्नुपर्यो ।
यस्तै महानगरपालिकाको कार्यालय रहेको सुन्धारास्थित बागदरबार भत्काएर नयाँ आधुनिक भवन निर्माण गर्ने कुरामा पनि शाक्यले आलोचना बेहोरिरहेका छन् । 

पुरातत्व विभागले रेट्रोफिटिङ गरेर चलाउन सकिने बताए पनि विशेष गरी शाक्यकै एक्लो निर्णयले गर्दा बागदरबार भत्काउने तयारी भइरहेको छ ।  नेपाल टेलिकमले निर्माणमा असन्तुष्टि देखाएपछि धरहरा निर्माणमा चासो देखाएको काठमाडौं महानगरपालिका पछिल्लो समय थप आलोचित बनेको छ । 

“हामीले सम्पदा पुनर्निर्माणका विषयमा छलफल गर्न धेरै पटक समय माग्यौं,” वसन्तपुरका स्थानीय तथा सम्पदाप्रेमि गणपतिलाल श्रेष्ठ भन्छन्, “चुनावअघि सबैलाई समेटेर काम गर्छु भन्ने शाक्य अहिले भेट्ने समयसम्म मिलाउँदैनन् ।”
शाक्यले सम्पदा पुनर्निर्माणलाई पूर्ण बेवास्ता गरेको र यसबारे छलफल गर्न र भेट्नका लागि पनि शाक्यले समय ननिकाल्ने गरेको स्थानीयको गुनासो छ ।

महानगरपालिकाले गर्ने ठूला निर्णयहरुमा उपमेयर हरिप्रभा खड्गीलाई मेयर शाक्यले बेवास्ता गर्दा कतिपय अवस्थामा उनी विवादमा आएको महानगरपालिकाका कर्मचारी बताउँछन् । “पदमा उपप्रमुख र महिला भएकै कारण ठूला निर्णयहरुमा मेरो सुझाव, राय नसमेटिएको हुनसक्छ,” उपमेयर खड्गीले बताइन् ।

‘छायाँ मेयर’ ! 
 

मेयर शाक्यको कार्यशैलीप्रति नगरबासीले मात्र होइन, उनी सम्वद्ध पार्टीले पनि प्रश्न उठाएको महानगरपालिकाका एक अधिकृतले बताए ।  एमालेभित्र मेयर शाक्यले जनभावनाअनुसार काम गर्न नसकेको आलोचना हुन थालेपछि एमाले पार्टीले ‘छायाँ मेयर’ का रूपमा राजेन्द्र स्थापितलाई पठाएको महानगर स्रोतको भनाइ छ ।

महानगर कार्यपालिकाको नवौं बैंठक (असोज ९ गते )ले स्थापितलाई जनसम्पर्क तथा सूचना सल्लाहकारको रूपमा नियुक्त गरेको थियो ।  महानगरमा ‘छायाँ मेयर’ आए पनि महानगरको काम कारवाहीमा सन्तोषजनक परिवर्तन आउन सकेको छैन । 

“स्मार्ट सिटी, साइकल सिटी, उज्यालो काठमाडौं, स्मार्ट पार्किङ भवन, शिघ्र सेवा, चिल्ड्रेन पार्क, सम्पदाको सहरलगायत १ सय १ प्रतिवद्धताका अघि यी कामको थालनी मात्रैले नगरबासीहरु मेयर शाक्यप्रति सन्तुष्ट भने छैनन्,” असनका स्थानीयबासी तथा शिक्षक गोपाल कर्मचार्य भन्छन्, “काठमाडौं महानगरबासीले शाक्यका प्रतिवद्धताको साकार रुप खोजिरहेका छन् ।” 

मेयर शाक्यले काम गर्दै जाँदा कतिपय अप्ठेरा पनि रहेको र कतिपय प्रक्रियामा रहेकाले आफ्ना प्रतिवद्धता पूरा हुने बताए ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC