site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
Sarbottam CementSarbottam Cement

गुल्मी ।श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन्। 

बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताएका छन् । 

विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बदलिन नसक्ने बताउँदै जीवन बदल्न नया ढंगले काम गर्नुपर्ने बताए । “एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिँदैन” उनले भने, “जीवन बदल्न नयाँ ढंगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ ।” उनले खान नपाएर भोकै बसिरहेका गरीब, दलित तथा पिछडिएका परिवारको विकासका निम्ति अब आधार तयार गर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्व मानचित्रमा गौरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उनले सो दायित्व पूरा गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताए । 

“हामीले पुरानो मानसिकता र मनोवृत्तिलाई सच्याएर पूर्वाधार निर्माण गर्दै गरिबी तथा बेरोजगारीलाई समाधान गर्न नयाँ ढंगले अगाडि बढ्नेछौँ” मन्त्री विष्टले भने, “जनताका तमाम समस्या समाधानका निम्ति निश्चित नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढ्नेछौँ ।” सरकारले केही समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि उनले बताए । 

Global Ime bank

‘अब युवाले अरबमा भेडा चराउनु पर्दैन’ 

उनले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताएका छन् । “अब युवा अरबमा भेडा चराउन जानु पर्दैन” उहाँले भने, “गाउँमै हजारौँ रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ ।” 

मन्त्री विष्टले गुल्मीका दर्जनौं सडकको स्तरोन्नति गर्दै, प्रत्येक जनताको घरमा केन्द्रीय विद्युत्, हरेकको घरमा खानेपानीका धारा, खरका छाना हटाई सुरक्षित आवास दिन र किसानका खेतमा सिँचाइलगायतका व्यवस्था गर्न नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताए । 

वचनबाट पछाडि हट्ने छैनौं 

मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने बताए। “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।” 

“हामी राजनीतिक रुपमा फरक हुन सकौँला त्यो ठूलो कुरा होइन” उनले भने, “ठूलो कुरा त गाउँका जनताको जीवन माथि उठाउनु हो ।” जनताले दिएको विश्वास डगमगाउन नपाउने गरी काम गर्नेमा उनले विश्वस्त पारे । 

जनताका काम शिरमा राख्नुस्, पार्टी बिर्सनुस् 

मन्त्री विष्टले पाँच वर्षपछि पनि जनताको मनमा रहने गरी काम गर्न गुल्मेली जनप्रतिनिधिलाई निर्देशन दिए । जनताका आशा र समस्या काँधमा बोकेका जनप्रतिनिधिको कामले गति नलिएकोप्रति गुनासो गर्दै विष्टले पार्टीलाई भन्दा जनताका कामलाई प्राथमिकता दिन आग्रह गरे । “स्थानीय तहको भाग्य र भविष्य कर्मचारी र जनप्रतिनिधिको काँधमा छ” उनले भने, दुवै पक्षको समन्वय र सामूहिक प्रयत्नमा काम अगाडि बढाउनुस् ।” 

विष्टले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने दुनियाँका सीमित संविधानमध्ये नेपाली संविधान पनि पर्ने बताए ।
 

छोटो समयमै एकता हुन्छ 

नेकपा एमाले केन्द्रीय सचिवसमेत रहेका मन्त्री विष्टले दुई ठूला वाम पार्टीबीच छिट्टै नै पार्टी एकता हुने बताए । “पार्टी एकताको विषयमा कुनै आशंका र निराशा व्यक्त गर्नुपर्ने आवश्यकता छैन” मन्त्री विष्टले भने, “जुनसुकै हालतमा पनि पार्टी एकता हुन्छ, केही काम बाँकी रहेका कारणले केही ढिला मात्र भएको हो ।” 

मन्त्री विष्टले बुधबार नै मुसिकोट नपा–७ वामीटक्सारमा लुम्बिनी वामी हस्पिटलको पनि उद्घाटन गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC