देश
काठमाडौं । बाह्रखरी डट कमका वरिष्ठ संवाददाता नरेश फुयाँललाई पितृशोक परेको छ । नरेश फुयाँलका बुबा लोकनाथ फुयाँलको मंगलबार सुनसरीमा निधन भएको छ । ७२ वर्षका फुयाँलको बुधबार अन्त्यष्टि गरिएको छ । अचानक बेहोस् भएका फुयाँलको उपचारका लागि लैजाँदै गर्दा बाटोमा निधन भएको थियो । फुयाँलका श्रीमती, २ छोरा र १ छोरी छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५ ०८:३०
प्रतिक्रिया दिनुहोस्