site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोनाल्डोको गोल, हारबाट जोगियो रियल मड्रिड
Ghorahi CementGhorahi Cement

एजेन्सी । साबिकको बिजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बुधबार राति बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड एथ्लेटिको बिल्बाओसँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

सान्टियागो बेर्नाबेउमा रियलले पाहुना टोली एथ्लेटिको बिल्बाओले लिएको सुरुवाती अग्रता उल्टाएर बराबरी खेलेको हो । रियलको बराबरीमा क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । पहिलो हाफको १४ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिको बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई हारबाट जोगाए ।

Agni Group

घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि रियल मड्रिडले एथ्लेटिको बिल्बाओसँग बराबरी खेल्दै अंक बाडेको हो । रियलले एथ्लेटिको बिल्बाओको पोस्टमा दुई दर्जन बढी आक्रमण गरेको थियो । तर, थप गोल गर्न नसक्दा रियल एथ्लेटिको बिल्बाओसँग बराबरीमा रोकिन पुगेको हो ।

यो बराबरीसँगै रियलले शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक दुरी घटाउने मौका गुमाएको छ । लिगको तेस्रो स्थानमा रहेको रियलले ३३ खेलबाट ६८ अंक जोडेको छ । एथ्लेटिको बिल्बाओ ४० अंकसहित लिगको १३ औं स्थानमा छ ।

Global Ime bank

लिगको शीर्ष स्थानको बार्सिलोनाको ८३ तथा दोस्रो एथ्लेटिको मड्रिडको ७१ अंक छ । रियल मड्रिड बार्सिलोनाभन्दा १५ अंक र एथ्लेटिको भन्दा ३ अंकले पछि रहेको छ । स्पेनिस ला लिगा अन्तर्गत नै बुधबार राति भ्यालेन्सियालाई गेटाफेले २ – १ ले हराएको छ । यस्तै इबरले स्पानियोललाई १ – ० ले पराजित गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC