एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई २ – ० ले हराएको हो ।
म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई उसैको घरेलु मैदानमा हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा क्रिस स्मलिङ र रोमेरो लुकाकुले समान एक एक गोल गरे । म्यानचेस्टर युनाइटेडले दुवै हाफमा एक एक गोल गरेको थियो ।
पहिलो हाफको २८ औं मिनेटमा स्मलिङले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औं मिनेटमा लुकाकुले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २ – ० को सहज जित दिलाए । म्यानचेस्टर युनाइटेडविरुद्ध घरेलु टोलीले केहि गोलको अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले ३३ खेलबाट ७४ अंक जोडेको छ । म्यानचेस्टर युनाइटेड शीर्ष तथा च्याम्पियन म्यानचेस्टर सिटीभन्दा १३ अंकले पछि छ । पराजित बर्नेमाउथ ३५ खेलबाट २८ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।