site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
सिँहदरबारबाट फोन गर्ने पैसा नतिर्ने ! सभामुख र मन्त्रालयकै फोन काटियो 
Sarbottam CementSarbottam Cement

मुलुकको मुल प्रशासनिक निकाय सिँहरदबारभित्रै सबै मन्त्रालय छन् । मुलुकको मुख्य प्रशासनिक काम सिँहदरबारभित्रैबाट हुने गर्छ । त्यतिमात्रै नभएर प्रधानमन्त्री, मन्त्रीहरु,सभामुख लगायतको कार्यालय सिँहदरबारभित्रै छन् । तर कहिले बिजुली, कहिले पानी त कहिले फोनको पैसा नतिरहेको भन्दै तीनै भवनमा कहिले बिजुलीको लाइनै काटिन्छ त कहिले फोनको ।

आज प्रकाशित केही दैनिक पत्रिकाले सिँहदरबारभित्रैबाट गरेको फोनको पैसा भुक्तान नहुँदा फोन काटिएको सम्बन्धी समाचार प्रकाशित गरेका छन् ।

नयाँ पत्रिका दैनिक र कान्तिपुरले यो समाचार पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेको समाचारअनुसार पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको लाइन काटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टेलिफोन सेवा नभएपछि बुधबार सिँहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने । कतिपय कार्यालयले बुधबार अबेर रकम बुझाएर लाइन खुलाए पनि अधिकांशका टेलिफोन ठप्पै छन् । नयाँ बिलिङ प्रणालीअनुसार बक्यौता रकम नतिरेका देशभरका सरकारी कार्यालय तथा कूटनीतिक नियोगका कार्यालयको टेलिफोन काटिएको नेपाल टेलिकमले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले पाँच लाख तिरेर टेलिफोन खोलेको छ भने संसद् सचिवालयको ६० लाख बक्यौता रहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।  कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेको समाचारमा भनिएको छ– टेलिफोन शुल्क बेलैमा नतिरेपछि संसद् सचिवालयको मात्र होइन, विभिन्न मन्त्रालय र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयको पनि लाइन काटिएको छ । टेलिकमको नयाँ बिलिङ प्रणालीअनुसार ल्यान्डलाइन फोनको मासिक बिल अंग्रेजी महिनाको १५ तारिखमा तयार हुने गर्छ । अघिल्लो महिनाको बिल भुक्तानी गरेर क्रेडिट लिमिटका आधारमा सेवा नियमित गर्नुपर्ने हुन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Global Ime bank

अन्य समाचार 

आजको कान्तिपुर दैनिकले नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा त्यहाँका समकक्षीसँग भएको भेटवार्ता सम्बन्धी समाचारलाई प्राथमिकता दिएको छ । नेपालको विकासमा भारतसँग सहकार्य ः चीन शीर्षकमा लेखिएको समाचारमा भनिएको छ– चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको विकासका लागि आफूहरु भारतसँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।
सिन्डिकेट विरुद्धमा सरकार झनै कडा भएको समाचार पनि कान्तिपुरले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकले पनि यस सम्बन्धी समाचारलाई मुख्य बनाएको छ । बैंकबाट पैसा झिक्दै यातायात समिति शीर्षकको समाचारमा भनिएको छ– सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरुले आफ्ना बैंक खाताबाट धमाधम पैसा झिक्न थालेका छन् ।

राजधानी दैनिकले विद्यार्थी भर्ना अभियान सम्बन्धी समाचारलाई मुख्य बनाएको छ । सेलिब्रटी अभिभावक प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म शीर्षकमा नेताको अनुहारसम्म नपाएका बालबालिकाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अभिभावक पाएको उल्लेख छ ।

परराष्ट्रमन्त्रीको चीन भ्रमण र भेटघाट सम्बन्धी समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ । नागरिक दैनिकले यातायात व्यवसायीविरुद्ध सरकार कठोर बन्दै गइरहेको सम्बन्धी समाचारलाई नै विशेष प्राथमिकतामा राखेको छ ।
यातायात व्यवसायीले अवरोध गरे दर्ता खारेज शीर्षकमा समाचार लेखिएको छ । यातायात व्यवसायी आन्दोलनमा उत्रिए दर्ता नै खारेज गर्ने सरकारको चेतावनी रहेको हिमाल लम्सालले लेखेको समाचारमा उल्लेख गरिएको छ ।
अन्नपूर्ण पोस्टले नक्कली फैसला प्रकरणको आज पनि फलोअप स्टोरी प्रकाशित गरेको छ ।

सर्वोच्च अदालतले नक्कली फैसला र आदेश बनाउने कार्य गम्भीर र अक्षम्य अपराध भएको बताउँदै बिचौलिया गिरोह नियन्त्रणमा लिई कारबाही गर्न बुधबार प्रहरी निकायलाई निर्देशन दिएको समाचारमा उल्लेख छ ।
त्यसैगरी भूकम्पको तीन वर्षमा २ लाख ३७ हजार गुनासा मात्रै रहेको सम्बन्धी वितरण भएको राहत इन्फोग्राफसहति प्रकाशित गरेको छ । 

हिमालय टाइम्सले प्रचण्डले चितवन पुगेर पार्टी एकता वैशाखमै गर्ने भनी दिएको अभिव्यक्तिलाई मुख्य समाचार बनाएको छ ।

नेपाल–चीन वार्ता रेलमार्गको डीपीआर बनाउने सहमति शीर्षकमा दुई देशका परराष्ट्रमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सम्बन्धी समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका बालबालिकाको अभिभाकत्व ग्रहण गरेपछि गरेको सम्बोधनलाई मुख्य समाचार बनाएको छ । त्यसैगरी नेपाल र चीनका परराष्ट्र मन्त्रीको संयुक्त पत्रकार सम्मेलनलाई पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

दृष्टिकोण र विचार 
 

यो कस्तो सदाचार नीति ! शीर्षकमा नागरिक दैनिकमा सबोधराज प्याकुरेलले आफ्नो विचार प्रस्तुत गरेका छन् ।

गैससहरुले कार्यक्रमको मुल्यांकन मात्र होइन, प्रभाव मुल्यांकनसमेत गरेर सरकार र दातालाई चित्त बुझाउन सक्नुपर्छ । सम्पूर्ण उल्लेखित दस्तावेजबाहेक कर चुक्ता र स्थानीय सरकारको सिफारिसमा मात्र उनीहरुको संस्था नवीकरण हुन्छ ।
आजको कान्तिपुर दैनिकमा हरि रोकाको दृष्टिकोण प्रकाशित छ । ट्रम्पको सिरिया युद्ध शीर्षकमा लेखिएको दृष्टिकोणमा सात वर्षयता अमेरिका, बेलायत, रुस, फ्रान्स, इरान, साउदी अरब, इजरायल,युएई सबै सिरियाली थेटरमा आआफ्नो डम्फु बजाइरहेका छन् ।

आजको अन्नपूर्ण पोस्टमा डा. घनश्याम भट्टको विचार प्रकाशित छ । विचारको शीर्षक रहेको छ– ओली राष्ट्रवादको परीक्षा । नेपालप्रतिको भारतीय सक्कली अनुहार ओलीको चीन भ्रमणपछिमात्र देखिनेछ, विचारमा भनिएको छ ।
 

सम्पादकीय
 

आजका पत्रिकाले समाचार र सम्पादकीयमार्फत सिन्डिकेटविरुद्ध उभिएको सरकारलाई साथ दिएको देखिन्छ । नागरिक दैनिकले सिन्डिकेटविरुद्ध सरकार शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ–सरकारले सबैखाले सिन्डिकेटविरुद्ध आफूलाई उभ्याउन सकेमा सर्वसाधारणको दृष्टिमा उसको उच्च मूल्यांकन हुनेछ ।

राजधानी दैनिकले सिन्डिकेटविरुद्ध स्वागतयोग्य कदम शीर्षकमा सम्पादकीय लेखेको छ । नयाँ पत्रिका दैनिकले नेपाल वायुसेवा निगमको कमजोरी केलाउँदै सम्पादकीय लेखेको छ । व्यवस्थापनको यो रुप ! शीर्षकमा लेखेको सम्पादकीयमा भनिएको छ– चिनियाँ जहाज आउँदै छन् र तिनलाई चलाउन पाइलटलगायत जनशक्ति आवश्यक पर्नेछ भन्ने बुझेको तथा त्यसको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारीमा रहेको नेवानि नेतृत्व भात खाने बेलामा थाल किन्न बजारतिर जानेहरुजस्तो गरी बसेको छ ।
कान्तिपुर दैनिकले पनि सिन्डिकेटविरुद्ध सराहनीय काम शीर्षकमा सम्पादकीय लेखेको छ । कान्तिपुरले पनि अन्य क्षेत्रमा रहेको सिन्डिकेट पनि तोड्न सरकार अघि बढ्नुपर्ने सुझाव सम्पादकीयमार्फत दिएको छ ।
आजको हिमालय टाइम्सले पनि स्याबास सरकार ! शीर्षकमा सम्पादकीय लेखेको छ । अन्नपूर्ण पोस्टले फर्जी फैसलामा अनुसन्धान गरी दोषीलाई कारवाही हुनुपर्ने सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC