site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
राजकुमार ह्यारी र मेगानको शाही विवाहमा गोर्खाली सेनाको  विशेष प्रस्तुती रहने ? 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बेलायतका राजकुमार ह्यारी र मेगानको विवाहमा शाही गोर्खाली सैनिकहरुलाई पनि भव्य रुपमा स्वागत गरिने बताइएको छ । आगामी मे १९ मा हुने शाही समारोहमा राजकुमार ह्यारीसँगै २००७ मा अफगानिस्तानको सेवा गरेका गोर्खा राइफलको फोल्कस्टोन प्रथम बटालियनका सेना पनि सहभागी हुने बताइएको हो ।  
बकिङगम दरबारका प्रवक्ताले बताए अनुसार आमन्त्रित सबै सैनिकहरुको उपस्थिति राजकुमार ह्यारीका लागि अत्यन्तै महत्वपूर्ण रहेकाले पनि उनीहरु सबै ह्यारीका विशेष अतिथिका रुपमा सहभागी हुनेछन् । विवाहमा सेनाको आगमन हुने खबर गरिएपछि यसअघि राजकुमार ह्यारी र मेगानले पनि धेरै खुसी व्यक्त गरेका थिए । 
यो भन्दा अगाडि पनि राजकुमार ह्यारीले आफूलाई गोर्खा आर्मीमा जाने धेरै ठूलो इच्छा रहेको बताएका थिए तर समय परिस्थितिका कारण ढिला भएको भन्दै उनले दुःख व्यक्त गरेका हुन् । गत वर्ष पनि ह्यारीले पहिलो अफगानिस्तान भ्रमणका क्रममा उनलाई सुरक्षा दिएका मेजर छन्क्रे बहादुर पुनसँग दरबार परिसरमै भेट गरेका थिए । विवाह समारोहमा भने गोर्खाली सहित २५० सैनिकहरुले विशेष प्रस्तुती दिने बताइएको छ । यसका साथै वीन्स्टर क्यासलतर्फको सडकमा लामबद्ध भएर परेड खेल्ने कार्यक्रम समेत रहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC