site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ट्रम्प–किम बैठकलाई ऐतिहासिक बनाउन वरिष्ठ अमेरिकी अधिकारी प्योङयोङ गएको खुलासा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । अमेरिकी खुफिया एजेन्सी (सिआइए)का निर्देशक माइक पोम्पेओ गोप्य रुपमा उत्तर कोरियाली शाषक किम जोङसँग भेट गर्न गएको खबर बाहिर आएको छ । यसरी सन् २००० पछि पहिलोपटक अमेरिकाका वरिष्ठ अधिकारीले उत्तर कोरियाली शाषकसँग प्रत्यक्ष कुरा गरेको बताइएको छ । यसअघि राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियासँग सिधा कुरा भइरहेको संकेत दिएका थिए ।

फ्लोरिडामा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग बैठक बस्ने क्रममै ट्रम्पले यसबारे भनेका छन् , ‘हामीले उत्तर कोरियासँगको बैठकलाई ऐतिहासिक बनाउनकै लागि उच्च स्तरको प्रत्यक्ष वार्ता गरिसकेका छौँ ।’ यसका साथै राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र दक्षिण कोरियाबीच हुन गइरहेको पहिलो वार्ता सकारात्मक नतिजाका साथ सम्पन्न गराइ १९५०–१९५३ को कोरियाली युद्ध पनि सधैँका लागि अन्त्य गराएर स्थायी शान्ति स्थापना गर्न कामना गरेका हुन् । यसै महिनाको अन्तिमतिर तय भएको बैठकमा पहिलोपटक उत्तर कोरियाली शाषकको दक्षिणका राष्ट्रपतिसँग भेट हुने भएको छ । त्यसैले वार्ताको समय नजिकिँदै गएकाले दुवै देशका अधिकारीहरुले तीव्र रुपमा तयारी गरिरहेको बताइएको छ ।

पोम्पेओ प्योङयोङको गोप्य भ्रमणमा गएको बारे ह्वाइट हाउसले भने कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि २००० मा मात्र तत्कालिन अमेरिकी राज्य सचिव मेडेलिन अल्ब्राइटले किमका पिता जोङ इलसँग भेट गरेकी थिइन् । यसपछि २०१४ मा कैद भएका दुई अमेरिकी नागरिकहरुलाई मुक्त गराउन उत्तर कोरिया पुगेपनि अमेरिकी खुफिया एजेन्सीका प्रमुख, जेम्स क्लेपरले किमसँग भेट गर्न पाएका थिएनन् । पोम्पेओको गोप्य भ्रमणमा ट्रम्प–किम बैठकका लागि उपयुक्त स्थानबारे समेत छलफल भएको बताइएको छ । मानवअधिकार विरुद्धका कार्य र अवैध आणविक हतियार संकलनका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघ लगायत विभिन्न देशले लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएका थिए । तर यसै वर्षदेखि उत्तर कोरियाले आफ्नो विदेश नीति विपरित विभिन्न शान्ति सम्झौताका लागि हात अगाडि बढाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC