site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थ र मातहतका कार्यालय आफैंको खर्च लक्ष्यको आधा, पुँजीगत खर्च वृद्धिमा अर्थमन्त्रीको जोड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । देशमा बजेटको ठूलो हिस्सा फ्रि हुने गरेको पृष्ठभूमिमा अर्थ मन्त्रालय र मातहतका कार्यालय स्वयम्ले लक्ष्यअनुरुप खर्च गर्न नसकेको देखिएको छ । चालू आवको पहिलो ८ महिनामा मन्त्रालय तथा मातहतका कार्यालयले लक्ष्यको ५६.७ प्रतिशतमात्र खर्च भएको हो ।
मन्त्रालयले चालू आवको पहिलो ८ महिनामा ८ अर्ब २० करोड खर्च गर्ने लक्ष्य लिएकोमा ४ अर्ब ६५ करोडमात्र खर्च भएको छ । त्यसमध्ये चालू खर्च अन्तर्गत लक्ष्यको ६२ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चबाट लक्ष्यको २८.८ प्रतिशत मात्र उपलब्धि हासिल भएको हो ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित चालू आवको दोस्रो चौमासिक प्रगति समिक्षा एवम् मन्त्रालयस्तरिय विकास समस्या समाधान समितिको वैठकमा यस्तो जानकारी दिइयो । अर्थ मन्त्रालयका अनुगमन तथा मुल्यांकन महाशाखाका अनुसार चालू आवको चालू खर्चतर्फ ८ महिनामा मन्त्रालयले ६ अर्ब ७५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो भने ४२ करोड रुपैयाँ पुँजगित खर्च गर्ने लक्ष्य राखेको थियो ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालय मातहतका सबै निकायलाई पुँजीगत खर्च वृद्धिमा केन्द्रीत हुन निर्देशन दिए । कार्यक्रममा मन्त्री खतिवडाले कार्यसम्पादनको आधारमा मातहतका सबै निकायको मूल्यांकन गर्ने, नतिजा उन्मूख भई कार्यसम्पादन गर्ने तथा सोधभर्ना प्राप्तिलाई कार्यसम्पादनसँग आवद्ध गराउन निर्देशन दिए । त्यस्तै अर्थसचिव राजन खतिवडाले ससनयोजन कुशलता काय गर्न निर्देशन दिएभने राजश्व सचिव शिशिरकुमार ढुंगानाले मनत्रालय मातहतका कार्यालयमा विनियोजितबजेट तथा कायक्रम समयमै सम्पन्न गर्न निर्देशन दिए ।
वैठकमा अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख अर्जुन प्रसाद पोखरेलले चालू आवको फागुनसम्मको कूल खर्च राजश्व, वैदेशिक सहायता आदि विषयमा प्रस्तुति दिएको बताए । मन्त्रालयका प्रवक्तासमेत रहेका खनाल बाह्रखरीलाई भने, “वैठकमा मन्त्रालय तथा मातहतका विभाग तथा महाशाखा प्रमुखले लक्ष्य अनुरुप प्रगति हुन नसकेको कारण र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो भने बाँदिनमा कसरी अघि बढ्ने भन्ने रणनीति पनि तयार गरियो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC