site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकतामा प्रचण्डको व्यवस्थापन नै मुख्य चुनौती !
Sarbottam CementSarbottam Cement

काठमाडौं । “सातबुँदे सहमतिसँगै एकीकृत पार्टीको अध्यक्ष दुवै नेता रहने सहमति भयो । बैठकको अध्यक्षता पालैपालो गर्ने भन्ने भयो । सबै कुरा सहमतिमै अघि बढेको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले एकैचोटी सरकारमा रहेका मन्त्रीहरुलाई समेत जानकारी नदिइ सचिव सरुवा गर्नुभो । विभिन्न महत्वपूर्ण मन्त्रालयहरु पनि आफैसँग राख्नुभयो । यस हिसाबले उहाँ नै प्रधानमन्त्रीसँगै कार्यकारी रहने संकेत र व्यवहार एकैचोटी देखाउनुभयो । यसबाट के प्रष्ट हुन्छ भने उहाँले हामीलाई विश्वास गर्नुभएन,” नेकपा माओवादी केन्द्रका एक प्रभावशाली नेताले बाह्रखरीसँग अनौपचारिक कुरा गर्दै भने ।

उनी त्यतिमा अडिएनन्, “हामीलाई नै विश्वास नगरेपछि लाखौं मतदाताले एमालेलाई के आधारमा विश्वास गर्ने ? त्यसले पार्टी एकतामा राम्रो सन्देश दिँदैन । पछिल्लो विवादको सुरुवात त्यहीँबाट भएको हो । पार्टी नै एकता गर्ने भनेपछि हामीलाई नै नसोधी सचिव सरुवा किन गरियो त ? विभिन्न महत्वपूर्ण निर्णयहरु गर्ने ओलीको रणनीति तानाशाही प्रवृत्तिको भयो । पार्टी एकतामा ओलीजीको विश्वास देखिएन । उहाँ अध्यक्ष एवं प्रधानमन्त्री भएको नाताले सबै महत्वपूर्ण जिम्मेवारी त उहाँको हुनुपर्ने हो । तर उहाँले त्यो गर्नुभएन । अहिले हामी अत्यन्तै जटिल मोडमा आइपुगेका छौं । पार्टी एकताको बारेमा अहिले नै सबै कुरा भन्न मिल्दैन । अबको केही दिनमै पार्टी एकताको ठोस निर्णय हुन्छ । हामी एकता तोड्ने पक्षमा छैनौं तर एमालेको व्यवहार विश्वासिलो हुनुपर्यो ।”

तर नेकपा एमालेका नेताहरु भने एकताका लागि विवादित विषय कुनै नभएको र हुन नसकने टिप्पणी गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो भए किन अल्झिएको छ त एकता प्रक्रिया ? 

एमालेका एकजना नेता भन्छन्–मुख्य कुरा प्रचण्डकै व्यवस्थापन हो । उनी प्रधानमन्त्री र पार्टीको अध्यक्षमा अहिले नै सुनिश्चितता चाहन्छन् । त्यो हुन सक्यो भने छिट्टै एकता हुन्छ ।”
उनका अनुसार प्रचण्डले प्रधानमन्त्री पनि पालैपालो हुनुपर्ने र आउने महाधिवेशनमा सहमतिमै आफू अध्यक्ष हुनुपर्ने लिखित सम्झौता अहिले नै चाहेका छन् । महाधिवेशनमा आफ्नो प्रतिष्पर्धी नहोस् भन्ने ग्यारेन्टी प्रचण्डले अहिले नै चाहेको ती एमाले नेताको दाबी छ । 

Global Ime bank

त्यसले एकतामा जटिलता थपिएको हो ।

केही समय रोकिएको वार्ता प्रक्रिया सोमबारबाट सुरु भएको थियो । सोमबार दुवै अध्यक्षबीच वान टु वान वार्ता भएको थियो भने मंगलबार बिहान एकता संयोजन  समितिको बैठक बसेको थियो ।

बैठकपछि एमालेका नेताहरुले विवादित विषय नभएको बताए पनि माओवादीका नेताहरुले भने केही विषय मिल्न बाँकी रहेको प्रतिक्रिया दिएका थिए । अहिले विवादित भनिएका विषयहरु जनयुद्ध, चुनाव चिन्ह र अनुपात मिलाउने विषय खासै ठुलो नभएको एमालेका नेताहरुको प्रतिक्रिया छ ।

केन्द्रीय कमिटीमा रहने सदस्यको संख्या बढाएर भए पनि केही नेतालाई व्यवस्थापन गर्न सकिनेमा दुवै पक्ष तयार छन् तर पनि एकता प्रक्रिया भनभे अघि बढ्न सकेको छैन ।

दुवै पार्टी पर्ख र हेरको अवस्थामा 

माओवादी केन्द्रका एक नेताका अनुसार दुवै पार्टी अहिले पर्ख र हेरको अवस्थामा छन् ।

“मुख्यगरी नेताहरुको व्यवस्थापनको नै कुरा हो, अरु केही छैन । हामीले बराबरी हैसियतमा पार्टी एकता हुनपर्छ भनिरहेका छौं । एमालेका नेताहरुले प्रतिशतको आधारमा नै एकताको प्रस्ताव गर्नु भएको छ । अहिले एकताको सम्पूर्ण काम टुङ्गो लगाउन भनेर दुई अध्यक्षलाई जिम्मेबारी दिइएको छ । उहाँहरुबीच सहमति हुनासाथ सबै विषय एकैपटक हल हुन्छन्,” माओवादी केन्द्रका ती नेताले बुधबार बिहान बाह्रखरीसँगको कुराकानीमा भने ।

प्रचण्डलाई विश्वास दिलाउँदै ओली

माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको महाधिवेशनपछि आफैँ अध्यक्ष हुन्छु भन्ने थियो । तर, पछिल्लो समय एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्षको जिम्मेवारी दिने आश्वासन दिएपछि उनी झस्किएका थिए । जुन आश्वासन आफूले पनि यसअघि पाएका थिए । पार्टी एकताको कामलाई छिटो टुङ्गोमा पुर्याउनुपर्ने भन्दै गत आइतबार नेपाल आफैँ प्रचण्ड निवास खुमलटारमा पुगेपछि प्रचण्ड झन शंकाको घेराबन्दीमा परे । 
माओवादी स्रोत भन्छ– एकीकृत पार्टीको आउने महाधिवेशनमा ओलीले पार्टीकै नेता माधवकुमार नेपाललाई उठाउने आश्वासन दिएको खबर आएपछि हामीलाई अप्ठेरो परेको हो । यसअघि उहाँले प्रचण्डलाई नै अध्यक्ष बनाउने आश्वासन दिनुभएको थियो । प्रचण्डलाई महाधिवेशनमा नेपालले नै सघाउने आशा थियो । प्रचण्डको स्वभाव यसैपनि शंकालु छ ।”

एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य, जनयुद्ध महाधिवेशनबाट टुङ्गो लाग्ने !

विवादित भनिएका विषयहरु एकीकृत पार्टीको चुनाव चिन्ह र जनयुद्धको विषयमा नेताहरुबीच कुरा मिलेको छ । एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने र जनयुद्ध महाधिवेशनबाट टुङ्गो लगाउने निर्णय नेताहरुले गरेको स्रोत बताउँछ ।
एमाले नेता विष्णु पौडेलले पनि केन्द्रीय सदस्यको भागबण्डा बाहेक सबै विषय टुंगो लागेको बताउँछन् ।

एकीकृत पार्टीको झन्डा हँसिया हथौडा र चुनाव चिन्ह सूर्य हुने उनले बताए । “केन्द्रीय समितिमा कुन पार्टीको कति जना राख्ने ? को–को राख्ने भन्ने छलफल मात्र बाँकी छ । अरु सबै विषय टुंगो लागिसक्यो । दुवै अध्यक्ष बराबर हैसियतमा हुनुहुन्छ ।”

“अहिलेको अध्यक्ष अहिलेको लागि हो । महाधिवेशन पछाडि को अध्यक्ष बन्छ अहिले नै भन्न सकिन्नँ । हामीले भोलिको अध्यक्षको लागि छलफल गरेको होइन । त्यसैले यस विषयमा कसैले पनि चिन्ता लिनुपर्दैन, त्यो महाधिवेशनले नै देखाउँछ,“ महाधिवेशनका बारेमा प्रष्ट्याउँदै उनले भने ।

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले केन्द्रीय समितिको संख्या बाँडफाँड बाँकी रहेको बताउँदै जनयुद्ध एमालेले स्वीकार गरिसकेको बताए । एमाले नेता कृष्णगोपाल श्रेष्ठले पार्टी एकताको लागि एमालेले हदैसम्मको लचकता अपनाउने बताउँदै ‘जनयुद्ध’ महाधिवेशनबाट टुङ्गो लाग्ने बताए ।

एकताबाट पछाडि फर्कने ठाउँ छैन 
 

माओवादी केन्द्रका नेताहरु कुनै पनि हातलमा पार्टी एकताबाट फर्कन नहुने बताउँछन् ।

माओवादी केन्द्रका नेता अग्नी सापकोटाले स्थायी र समृद्धिको लागि पार्टी एकता गर्न लागेको बताउँदै कुनै पनि हालतमा पार्टी एकताबाट फर्कन नहुने बताए ।

“मुलुकलाई सुशासन, स्थिरता र समृद्धि दिन हामीले पार्टी एकता गर्न लागेका छौं । प्रदेश र प्रतिनिधिसभाको चुनावी नजिताले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अनुमोदन भइसक्यो । केही प्राविधिक कुराहरु टुङ्याएर पार्टी एकता गर्नुपर्छ । पार्टी एकताबाट कुनै पनि दललाई भाग्ने छुट छैन ।”

माओवादी केन्द्रका नेता मणी थापाले पनि दुवै पार्टी एकताबाट पछि हट्न नहुने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC