site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१ अर्ब १२ करोडको कारोबार भए पनि नेप्से अस्थिर, परिसूचकमा ३२ अंकको सुधार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ वर्ष लागेदेखि उकालो लागेको सेयर बजारले साताको चौथो दिन पनि निरन्तरता पाएको छ ।  बुधबार उचारचढावका बीच बजार ३१ दशमलव ८३ अंकले बढेर १३ सय ६३ दशमलव ०१ अंकमा पुगेको हो ।

बुधबारको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा लगानीकर्ताको कूल सम्पत्तिमा ३८ अर्ब रुपैयाँ थपियो । अघिल्लो दिन १५ खर्ब ६० अर्ब ६६ करोड रहेको बजार पुँजीकरण यसदिन १५ खर्ब ९८ अर्ब २७ करोड रुपैयाँमा पुगेको हो । सेयर मूल्य घटेर हैरान बनेका लगानीकर्ताको मुहारमा बुधबारको कारोबारले पनि खुसी थपेको हो ।

बजार बढ्दा यसदिन १२२ कम्पनीका सेयरधनीले कमाए । कमाउनेमा ङादी ग्रुप, हिमालयन पावर पार्टनर र नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाए । त्यस्तै अन्य ९ कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढी कमाए । बजार अघिल्लो दिन पनि ३३ अंकभन्दा बढीले उकालो लागेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार बजार बढेपनि परिसूचक भने अस्थिर देखियो । यसदिन कारोबार सुरु भएको केही समय बढेपनि बजार घट्न थालेको थियो । तर बजार सम्हालिँदै कुनै समय ६० अंकको सुधार हासिल गरेको थियो । यद्यपि कारोबार बन्द हुने समयसम्म त्यो टिक्न सकेन ।

बुधबार नेप्से बढ्ने क्रमले निरन्तरता पाउँदा बजारमा १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयााको कारोबार भयो । यसदिन बजारमा १६५ कम्पनीका २४ लाख ४० हजार १०५ कित्ता सेयर खरिदविक्री भए । अघिल्लो बजारमा कूल ९६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

Global Ime bank

यसदिन जलविद्युत् र विकास बै.क समूहमा आएको उच्च वृद्धिले नेप्से परिसूचक सुधारमा टेवा दियो । यी दुई समूहका परिसूचक क्रमशः १०७ दशमलव ७३ अंक (६.९२ प्रतिशत) र ६५.३४ अंक (४.२३ प्रतिशत)ले उकालो लागे । त्यसैगरी बमिा समूहमा ६३.५१ अंकको सुधार आयो । यसदिन बैंकिङ र ट्रेडिङ र वित्त समूह पनि २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा नेप्सेको उच्च वृद्धि सम्भव भएको हो । बुधबार बाँकी समूहको परिसूचकमा सामान्य सुधार आए ।
बुधबार नेप्से परिसूचक बढ्दा “क” वर्गका कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.२७ अंकले बढेर २८८.८५ अंकमा पुग्यो ।

जानकारका अनुसार बजार बढ्ने संकेत गर्दा लगानीकर्ता सेयर किन्न अतालिएका हुन् । यसो त बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशित हुँदै गर्दा लगानीकर्ता सेयर बजारमा झम्मिएको देखिने उनीहरु बताउँछन् । 

आज सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयरको कारोबार भएको छ । यसदिन कम्पनीका ५ करोड ९२ लाख रुपैयाँको सेयर खरिदविक्री भए । कम्पनीले केही दिन अघि मात्रै पँजी वृद्धिका लागि १ बरावर २ दशमलव ४ (१ः२.४) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो ।

लगानीकर्ता लोभिएपछि कम्पनीको बुधबार प्रतिकित्ता १ हजार १९० रुपैयाँमा किनबेच भयो । बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्राको सेयरको बिक्री खुला हुनेछ । १ हजार १९० रुपैयाँ पर्ने सेयर १ सय रुपैयाँमा पाइएपछि लगानीकर्ता यूनाइटेडको सेयरमा लोभिएका हुन् ।

आज ३६ वटा कम्पनीका सेयरको मूल्यमा गिरावट आयो । तीमध्ये शीर्षस्थानमा एसिया लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीका लगानीकर्ताको सेयर मूल्यमा ४ दशमलव २६ प्रतिशतको गिरावट आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC