site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ब्याकअप’सहित लगानी गर्नुस्, सेयर बजारमा असफल बन्नुहुन्न
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो समय सेयर बजारमा तीव्र उतारचढाव आइरहेको छ । यसका कारण कतिपय लगानीकर्ता हतास भएका पनि छन् ।  तर, जानकारहरु भने नेप्सेको उतारचढावलाई असामान्य मान्दैनन् । धैर्यतापूर्वक लागेको खण्डमा सेयरबाट राम्रो आम्दानी गर्न सकिने उनीहरुको तर्क छ । 

“तपाईंसँग १ लाख रुपैयाँ लगानीयोग्य पुँजी छ भने सेयर बजारमा एकैचोटी सबै रकम लगानी नगर्नुस्,” सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन् । उनले थपे, “तपाईं सेयर बजारको सुरुवाती खेलाडी बन्न चाहनुहुन्छ भने १ लाखमध्ये ५० हजार रुपैयाँमात्र लगानी गर्नुस्, ५० हजार रुपैयाँ स्टक राख्नुस् ।”

आफूसँग भएको लगानीयोग्य रकमको उचित प्रयोगले मात्र सफल लगानीकर्ता बन्न सकिने फुल्लेलको दावी छ । यतिमात्र नभएर नयाँ लगानीकर्ताले ट्रेडिङमा भन्दा बुद्धिमतापूर्ण रुपमा सेयर होल्डिङ गरेर केही प्रतिफल प्राप्त गर्न आवश्यक रहेको उनी बताउँछन् । उनले थपे, “शून्य लगानीको पुँजी सिर्जना गरेर कारोबारमा जानुस् । राम्रो कम्पनीको सेयर भए दीर्घकालका लागि सेयर होल्ड गर्ने लगानीकर्ताले घाटा खाएको मैले देखेको छैन ।”

Agni Group

सेयर बजारमा प्रवेश गर्न चाहनेलाई उनको टिप्स छ, “ब्याकअप राखेर लगानी गर्दा तपाईंको अपेक्षाअनुसार बजार बढेन भने बाँकी थप्न सक्नुहुन्छ । अब, बाँकी ५० हजारबाट आधा रकम फेरि मार्केटमा थप्नुस् । तपाईंको सेयर संख्या बढ्छ, प्रतिफल पाउने चान्स बढ्छ ।” 

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “तर कारोबारमा आएको केही समयमै एक–दुई सय अंकले नेप्से इन्डेक्स बढ्यो भने प्रतिफलबाट मुनाफा बुकिङ गरिहाल्नुस् । यसो गर्दा तपाईंको सेक्योर्ड पुँजी (शून्य लगानीको पुँजी ) मात्र बजारमा रहन्छ । तपाईंको रिस्क कम हुन्छ ।”
आफू पनि सेयर बजार प्रवेश गरेको २ वर्ष सेकेन्डरी मार्केटमा नगएको उल्लेख गर्दै उनले भने, “ब्याकअप लगानीयोग्य पुँजीले गर्दा रिस्क कम हुन्छ । ब्याकअप रकमले सेयर थप्दै जाँदा तपाईं अझै परिपक्व बन्न सक्नुहुन्छ, लगानीका लागि थप जोखिम उठाउन सक्ने बन्नुहनेछ ।”
तर, लगानीकर्ताले सुरुमै आत्तिएर पूरै १ लाख लगानी गरे बजार घटेको अवस्थामा सेयर थप गर्ने मौका नपाउने उनले बताए । 

Global Ime bank

विज्ञको संगत गर्नुस्, कम्पनीको प्रगतिबारे अपडेट हुनुस्

सेयर बजार व्यापारिक तथा धन आर्जन प्रयोजनका लागि लगानी गर्ने उपयुक्त क्षेत्र हो । तर, सेयर बजारमा प्रवेश गर्नुपूर्व यो बजार के हो भन्ने जान्न जरुरी हुन्छ । तपाईं सेयर बजार प्रवेश गर्नुपूर्व नै यस क्षेत्रमा किन लाग्ने र यसबाट अर्थोपार्जन कसरी गर्न सकिन्छ भन्ने विषयमा क्लियर हुन जरुरी छ । सेयर बजारमा आफ्नो कम्पनीको ट्रेन्ड के छ, कुन दिशामा गइरहेको छ इत्यादि जान्न जरुरी हुन्छ । यो क्षेत्रबारे पढेर भन्दा अनुभवबाट बढी जान्न सकिन्छ । पुँजीबजारमा लागेका सिनियरको संगत, बजारको नियमित फलोअप गर्न जरुरी हुन्छ ।


सेयर बजारबाट यसरी प्रतिफल प्राप्त गर्न सकिन्छ

घरजग्गा गरेजस्तै सेयरमा गर्ने पनि लगानीको एक प्रकार हो । सेयर बजारमा लगानी गर्दा दुई प्रकारले प्रतिफल पाउन सकिन्छ ।

१)    कम्पनीले दिने प्रतिफल : कम्पनीले मुनाफाबाट हरेक वर्ष सेयर होल्डरलाई बोनस, क्यास डिभिडेन्ड आदि बाँड्ने गर्छ । सेयरबाट लगानीकर्ताले पाउने प्रतिफलको यो महत्वपूर्ण स्रोत हो । यसका लागि राम्रो प्रतिफल दिने कम्पनी छान्न जरुरी हुन्छ । कमाएर पैसा दिनै नसक्ने कम्पनी छान्नु हुँदैन, जसको लागि अनुभव नै आवश्यक हुन्छ । रिटर्न बेस्ड कम्पनीको सेयर खरिद गर्नुभयो भने कम्पनीको सेयर मूल्य बढ्दा र थप प्रतिफल प्राप्त गरेर धर्न आर्जन गर्न सकिन्छ । नयाँ लगानीकर्ताले यसैबाट उचित प्रतिफल प्राप्त गर्छन् । यसमा कुनै घाटा खानुपर्ने अवस्था हुँदैन, बोनस, डिभिडेन्ड आदि खाएर प्रतिफल उठाउन सकिन्छ ।

२) बढेको सेयर मूल्य : सेयरको मूल्य बढ्दा सेयर बेचेर बढेको मार्जिन बेचर प्रतिफल लिन सकिन्छ । यसमा बजारमा आफ्नो सेयरको मूल्य कतिले बढ्यो भन्ने जान्न जरुरी हुन्छ । तसर्थ, सेयरको बढेको मूल्य थाहा पाउन लगानीकर्ता अलिकति सचेत हुन जरुरी छ । यस बजारमा प्रवेश गर्नका लागि विशेषज्ञ तथा अनुभवी लगानीकर्ताको संगत गरेर वा कम्पनीको वित्तीय अवस्था र प्रतिफल अध्ययन गर्न जरुरी हुन्छ । यसमा कम्पनीको फन्डामेन्टल र टेक्निकल एस्पेक्ट तथा इन्डिकेटरको अध्ययन गर्न उत्तिकै जरुरी हुन्छ । 


निम्नलिखित शव्दावली नजाने नयाँ लगानीकर्ताका लागि सेयर बजार बुझ्न असम्भवप्रायः हुन्छ ।

१)    संस्थापक सेयर : कुनै पनि कम्पनी सञ्चालन गर्न सुरुमा कम्पनी रजिस्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पुँजीको स्वीकृति लिनुपर्छ । अधिकृत पुँजी भनेको कम्पनीको जम्मा स्वीकृत बजेट हो । त्यसमा कम्पनी सुरुवातकर्ताले आफ्नो सेयर हिस्साको कबुल गर्छन् । सो सेयर रकमलाई संस्थापक सेयर वा अग्राधिकार सेयर भनिन्छ ।

२)    आइपीओ : कम्पनीका संस्थापक लगानीकर्ताले लगानी गरेपछि पब्लिकमा जान थप लगानी आवश्यक हुन्छ । पहिलो पटक आफ्नो कम्पनीको सेयर जनतालाई पनि लगानीको लागि अवसर दिने सेयरलाई “इनिसियल पब्लिक अफरिङ” (आईपीओ) भनिन्छ । यसरी जारी गरिएको सेयरलाई धितोपत्र बजारमा सूचीकृत गरिन्छ र लगानीकर्ताले चाहेको बखत धितोपत्र बजारमा किन्न वा बेच्न सक्छन् । प्रायः कम्पनीको आइपीओको सुरुवाती मूल्य १ सय रुपैयाँ हुन्छ । कम्पनीले राम्रो रिटर्न दिएको अवस्थामा सेयरको मूल्य बढेर जान्छ ।

३)    एफपीओ : पब्लिक कम्पनीले एकपटक आइपिओ जारी गरिसकेपछि पुनः पुँजी संकलन गर्न फेरि सर्वसाधारणलाई बिक्री गर्ने सेयरलाई एफपिओ भनिन्छ । धेरैजसो एफपिओ प्रिमियम मूल्यमा आउने गर्दछन् । अंकित मूल्य (१ सय रुपैयाँ) भन्दा बढी भाउ राखेर सेयर बिक्री गरिएमा बढी मूल्यलाई सेयर प्रिमियम भनिन्छ ।

४)    राइट सेयर (हकप्रद) : सर्वसाधारणमा साधारण सेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण सेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयर खरीद गर्ने पहिलो हक विद्यमान सेयरवालालाई प्राप्त हुन्छ । पुनः निष्काशन गरिने सेयरमा विद्यमान सेयरवालाको पहिलो हक हुने भएकोले त्यस्तो सेयरलाई हकप्रद (राइट) सेयर भनिन्छ । हकप्रद सेयर किन्ने वा नकिन्न भन्ने निर्णय विद्यमान सेयरवालालाई हुन्छ । यसअनुरुप विद्यमान सेयरवालाले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद सेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

५)    सेयरको दोस्रो बजार : सेयर बाँडफाँट गरेको ३० दिनभित्र कम्पनीले आफ्नो सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर सूचीकरण गराउँछन् । त्यसपछि लगानीकर्ताले (जलविद्युत् जस्ता कम्पनीले स्थानीय बासिन्दा वा यही समूहका लागि जारी गरेको सेयरबाहेक) सेयर कारोबार गर्न सक्नेछन् । बजारमा सेयरको मूल्य यसको माग र आपूर्ति अनुसार नै निर्धारण हुन्छ ।
सेयरको कारोबार दोस्रो बजार बाहेक बाहिर गर्न पाइँदैन । सेयरको कारोबार अनिवार्य रुपमा दलालमार्फत गर्नुपर्छ । नेपालमा प्रत्येक साता आइतबारदेखि बिहीबारसम्म सेयर बजारको कारोबार नेप्सेमार्फत हुन्छ । ब्रोकर कार्यालयमा दुईवटा फ्लोर हुन्छन् । एउटा ट्रेडिङ र अर्को डिस्प्ले । ट्रेडिङमा सेयर किनबेच गर्न सकिन्छ भने अर्कोमा सेयरको बजार अवस्था जानकारी पाउन सकिन्छ । सेयरको बजार मूल्य अनलाइन (नेप्सेको वेबसाइट) मार्फत हुर्न सकिन्छ ।

६)    डिभिडेन्ट÷बोनस : कमाइका आधारमा कम्पनीले प्रत्येक लगानीकतालाई दिने प्रतिफल ।


कुन कम्पनीको सेयर मूल्य कतिबेला बढ्छ भन्ने कसरी थाहा पाउने ?

अहिले ट्रेडिङ हुने गरेका सबै कम्पनीले रिटर्न दिन्छन् भन्ने पक्का हुँदैन । रिटर्न दिन कम्पनी जान्न केही महत्वपूर्ण कुरा जान्न जरुरी हुन्छ । त्यसका लागि कम्पनी के हो ? कुन बेसमा चलिरहेको छ ? सञ्चालक कस्ता छन् ? उनीहरुको कुनै क्रियाकलाप बदनियतपूर्ण छ कि छैन ? कम्पनीले कस्तो रिटर्न दिन सक्छ ? त्यो कम्पनी किन्दा फाइदा हुन्छ कि हुन्न ? कम्पनीको इतिहास कस्तो छ ? कम्पनीले लगानीको क्षेत्र कता विस्तार गरेको छ ? भन्ने आदि प्रश्नको उत्तर खोज्न जरुरी हुन्छ ।
लगानीको विस्तार राम्रो भएको कम्पनीले मात्र सेयरहोल्डरलाई राम्रो रिटर्न दिन सक्छ । यी कुराहरु मनन गरेर सेयर बजारमा लगानी गरे कहिल्यैै घाटा खानुपर्दैन । विश्वमा आजसम्म जति ठूला अर्बपति छन्, उनीहरुको सेयरबाटै बनेका हुन् । 
सेयर बजारसम्बन्धी माथि उल्लेख गरिएका प्रश्नको जवाफ सहजै प्राप्त हुँदैन । यसका लागि विशेषज्ञलाई सोध्ने तथा एकैचोटि ठूलो भोल्युममा नभएर थोरै थोरै गरेर लगानी थप गर्दै जानुपर्छ । यो फिल्डमा आफू खेल्न सक्नु भन्ने आभास भएपछि मात्र क्षमताअनुसारको रिस्क लिन सकिन्छ ।
तर, यो कम्पनी यस्तो हुँदैछ भन्ने चुहावटले बजारमा नराम्रो प्रभाव पार्छन् । कुनै कम्पनीले राम्रो प्रतिफल दिने सूचना कतैबाट चुहिए जोसुकै लगानीकर्ता फस्ने डर हुन्छ । यस्तै कारण केही धुर्त लगानीकर्ताले ठूलो परिमाणको रकम कमाउँछन् । र फलस्वरुप, कम जानकारी भएको केही लगानीकर्ता ठगिने ठूलो सम्भावना हुन्छ । भ्रामक समाचारले सोझा लगानीकर्तालाई झुक्याउँछ । सूचना पुष्टि नगरी अतालिए आफैं दलदलमा फसेको धेरै घटना दोहोरिरहन्छन् ।


अहिलेको सेयर बजार नयाँ लगानीकर्ता प्रवेश गर्ने उचित समय

जनयुद्ध र राजनीतिक गतिरोधपछि अहिले आर्थिक विकासका एजेन्डा अघि बढेका छन् । देशले स्थायी सरकार पाएको छ, समृद्धिको बाटो खुलेको छ । तसर्थ, यो समय भनेको सेयर बजार प्रवेश गर्ने उपयुक्त समय हो । 
सेयर बजारजति सजिलो व्यापार कुनै छैन । अझै अहिले त हामी जहाँ बसेर भएपनि सेयरमा लगानी गर्न सक्छौं ।  सफल व्यापारी बन्न धैर्यता, लगाव, अनुशासन, आँट र आत्मविश्वास चाहिन्छ । कागले कान लग्यो भनेर कागको पछि दौडिहाल्नु हुँदैन, पहिले कान छाम्नुपर्छ । राम्रो कम्पनी भनेको सुनचाँदी झैं हो । चाहेको अवस्थामा बेच्न सक्नुहुन्छ । प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ ।
म सेयरमा बजार प्रवेश गरेपछि मलाई २९२ को इन्डेक्स पनि थाहा भयो, १७५ को इन्डेक्स पनि थाहा भयो । तर, लगानीकर्ताले सेयर बजारको घटबढ प्रक्रिया नियमित हो भन्ने जान्न जरुरी हुन्छ । किनकी बढ्नलाई नेप्से परिसूचक घट्ने हो, घट्नकै लागि बढ्ने हो । लगानीकर्ता यसमा विश्वस्त रहन जान्नुपर्छ ।
हो, नेपाली बजार अझै परिपक्व हुन सकेको छैन । यहाँ बजार पूर्वाधार विकास गर्न ढिलो भएको मलाई आभास भएको छ । सेयर बजारको पूर्वाधार उचित समयमा हुन सकेको भए नेपाली सेयर बजार भारतीय सेयर बजारसँगै जान सक्थ्यो र ठूलो फड्को मार्नसक्थ्यो । यद्यपि बजार सुधारिने क्रममा छ । चाँडै नै पूर्ण अनलाइन प्रणाली आउन लागेको छ । जे भइरेको छ, सकारात्मक छ ।

(बाह्रखरीका रोविन पाैडेलसँग गरेको  कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC