site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
असन्तुष्टिका बीच जापानका विवादित प्रधानमन्त्री आबेसँग ट्रम्पको भेट
Sarbottam CementSarbottam Cement

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबे मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्न उनको फ्लोरिडा रिसोर्टमा पुगेको सीएनएनले बताएको छ । अहिले आफ्नै देशमा चर्को विरोध र कानूनी विवादको सामना गरिरहेका आबेका लागि यसपटकको अमेरिकी भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताइएको छ । यस दुई दिने भ्रमणको प्रमुख उद्देश्य उत्तर कोरिया र व्यापारिक मुद्दामा अमेरिकासँग निश्चित छलफल गर्नु रहेको उनले बताएका छन् । 

भ्रष्टाचार काण्डका कारण प्रधानमन्त्री पद समेत संकटमा परिरहेका बेला उत्तर कोरिया आबेका लागि अर्को चुनौतिको विषय बनेको छ । दक्षिण कोरिया र अमेरिकाले किमसँग भेटवार्ता गर्न सहमति जनाउनु अघि जापान पनि यस मुद्दामा सधैँ अगाडि देखा पर्ने गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर उत्तर कोरिया विरुद्ध कडा प्रतिक्रिया दिने क्रममा दक्षिण कोरिया र अमेरिकाको साथ गुमाएपछि जापान एक्लो बनेको हो । यसै त उत्तर कोरियाबाट प्रत्यक्ष धम्की र हमलाको समेत सामना गरिसकेको जापानले, १२ करोड जनताको सुरक्षाका कारणले पनि उत्तर कोरियालाई सधैँ गम्भीर रुपमा लिँदै आएको छ । तर अहिले उत्तर कोरिया सम्बन्धि छलफलमा अमेरिका, चीन र दक्षिण कोरियाबीच लगातार कुरा अघि बढिरहँदा प्रधानमन्त्री आबेलाई भने सम्पूर्ण कूटनीतिक वार्ताबाट किनारा लगाइएको छ । त्यसकारण पनि ट्रम्पसँगको छलफल जापानका लागि धेरै महत्वपूर्ण रहेको बताइएको हो ।

प्रधानमन्त्री पद सम्हालेदेखि नै आबेले ट्रम्पसँग अत्यन्तै निकटको सम्बन्ध राख्दै आएपनि अन्तिम समयमा ट्रम्पले जापानको साथ छोडेका हुन् । त्यसैगरी व्यापार क्षेत्रमा पनि अमेरिकी शुल्क वृद्धिको शिकार बनिरहेकाले जापान र अमेरिकाबीचको सम्बन्ध चिसिँदै गइरहेकोबारे अहिले दुवै जानकार छन् । यसैले यो भ्रमणलाई अमेरिकासँगको सबै समस्या सुल्झाउन र उत्तर कोरियाको मद्दामा पनि जापानलाई अघि बढाउन उपयोग गरिने आबेको भनाइ छ । वास्तवमा आगामी मे महिनामा तय भएको ट्रम्प–किम बैठक प्रमुखगरी अमेरिकालाई खतरामुक्त बनाउनमा केन्द्रित रहने बताइएकाले पनि वार्तामा जापानको सुरक्षाबारे कतै उल्लेख नगरिनेमा जापानलाई सबैभन्दा ठूलो चिन्ता रहेको छ ।

Global Ime bank

अर्कोतर्फ जापानको सत्तामा आबेको पकड खुकुलो बन्दै गइरहेकाले पनि ट्रम्पको सहयोग पाउन कठिन हुन सक्ने विज्ञहरुको भनाइ छ । यसअघि ट्रम्प प्रशासनले दक्षिण कोरियासँग दुईपक्षीय सम्झौता गरि शुल्क वृद्धिमा सहुलियत प्रदान गरेको थियो तर नजिकी सम्बन्ध राख्ने भएपनि जापानसँगको व्यापारिक नीतिमा भने अमेकिाले कुनै परिवर्तन नल्याउने अडान लिएको छ । त्यसैले उत्तर कोरियासँगको वार्तामा जापानको प्राथमिकतालाई पनि अघि सार्न अमेरिकालाई आग्रह गर्न आबेले ट्रम्प प्रशासनसँग राष्ट्रिय हित विपरित व्यापारिक सम्झौता गर्नुपर्ने जोखिम पनि उत्तिकै रहेको बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  ०३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC