site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
देउवाको आक्रोश – ओली राष्ट्रवादी कहिल्यै थिएनन्, लम्पसारवादीमात्रै हुन् 
Sarbottam CementSarbottam Cement

काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रपत्रिका सबैजसोले नेकपा एमाले र माओवादी केन्द्रबीच हुनलागेको पार्टी एकता, प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्ता, एमाले स्थायी कमिटी बैठक र आज बस्ने एकता संयोजन समितिको बैठकलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।

नागरिक दैनिकले एमाले–माओवादी एकता, निर्णायक वार्ता आज भन्ने शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । दुवै अध्यक्षबीच भएको छलफलपछि आज बिहान ९ बजे बस्ने एकता संयोजन समितिको बैठकले सबै विषयको टुंगो लगाउने एमाले स्थायी कमिटीको बैठकले निष्कर्षसहित वैशाख ९ गते नै पार्टी एकता गर्ने निर्णय गरेको नागरिक दैनिकमा मणि दाहालले लेखेको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकले पनि एमाले स्थायी कमिटीको बैठक सम्बन्धी समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ । एमालेले पार्टीको ‘पोजिसन’अनुसार एकता गर्न प्रस्ताव गरेको छ भने माओवादी बराबर हैसियतमा एकता गर्नुपर्ने अडानमा रहेको समाचारमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गोरखापत्र दैनिकले ओली र दाहालबीचको छलफल सकारात्मक भन्ने शीर्षकमा पहिलो पृष्ठमै समाचार प्रकाशित गरेको छ । 

नयाँ पत्रिका दैनिकले दुई अध्यक्षबीच अढाइ घन्टा छलफल भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ भने एमालेको बैठकले आशंका हटाएर ९ वैशाखमै एकता गर्ने निर्णय गरेको पनि समाचारमा उल्लेख छ ।

Global Ime bank

राजधानी दैनिकले पनि यो समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित गरेको छ । टुट्यो संवादहीनता भन्ने शीर्षकमा राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार केहीदिन यता देखिएको संवादहीनता टुटेलगत्तै एकता प्रक्रियाले गति लिएको उल्लेख छ ।

अन्नपूर्ण पोस्टले मुद्दा फेरि संयोजन समितिमा शीर्षकमा लेखेको समाचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र आफूलाई परेको अप्ठेरो बुझिदिन आग्रह गरेका थिए । जवाफमा ओलीले आफू त्याग गर्न सक्ने नेता भएको धारणा राखेका थिए ।

अन्य समाचार 
 

आजको नागरिक दैनिकमा ओली लम्पसारवादी : देउवा  शीर्षकमा समाचार प्रकाशित गरिएको छ । दोस्रो पृष्ठमा प्रकाशित समाचारमा भनिएको छ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी भएको आरोप लगाएका छन् ।

नेपाल तरुण दलद्वारा हेटौंडामा आयोजित प्रशिक्षण सोमवार उद्घाटनपछि ओलीको खोक्रो राष्ट्रवाद भारतमा गएपछि लम्पसारवादमा परिणत भएको दाबी गरे । “लम्पसारवादीले नै राष्ट्रवादको चर्को कुरा गर्ने ?” देउवाले भने, “अब स्पष्ट भइसक्यो । ओली भन्ने मान्छे कहिल्यै राष्ट्रवादी थिएनन्, लम्पसारवादीमात्रै हुन् ।”

यसैबीच कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेको समाचार टिप्पणीअनुसार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आफ्नै समूह सम्हाल्न सकस परेको छ । निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेवार ठहर्याएर अग्रिम महाधिवेशनको आवाज उठाइरहेका बेला पौडेललाई नेतृत्वका आकांक्षी आफ्नो समूहका नेता व्यवस्थापनमा चुनौती देखिएको हो । महामन्त्री शशांक कोइरालाको भूमिका पौडेलको मुख्य टाउको दुखाइ बनेको समाचारमा उल्लेख छ ।

आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा बिस्केट जात्राका अवसरमा सोमवार राजधानीको टोखास्थित नारायण पोखरीमा विभिन्न देवीदेवताका मूर्तिसहितका खटलाई महास्नान गराइँदै गरेको तस्बिर प्रकाशित गरेको छ भने साल्ट ट्रेडिङमा वैदेशिक अनुदान–डेढ अर्बको सेयर घोटाला शीर्षकमा अर्को समाचार प्रकाशित छ । 

साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेडमा करिब डेढ अर्बको सेयर घोटाला गरिएको खुलासा भएको समाचारमा उल्लेख छ । जापान र भारतबाट प्राप्त अनुदान १ अर्ब ४० करोड सेयरमार्फत घोटाला भएको समाचारमा जनाइएको छ । यो समाचार राजु चौधरीले लेखेका छन् । 

नागरिक दैनिकले नेपाल ट्रस्टको जग्गा भाडामा दिँदै अनियमितता भएको पाइएको समाचारलाई विशेष प्राथमिकताका साथ प्रकाशित गरेको छ । पाँच अर्ब रुपैयाँ घोटाला भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको समाचारमा जनाइएको छ भने बक्समा प्रकाशित अर्को समाचारअनुसार स्वास्थ्यमा पनि अर्बौं हिनामिना भएको महालेखाको प्रतिवेदनले औंल्याएको उल्लेख छ ।

गोरखापत्र दैनिकले परराष्ट्रमन्त्री चीन प्रस्थान, समालोचक डा. कुमारबहादुर जोशीको निधन, देउवाले चितवनमा सञ्चारकर्मीसँग बोलेका विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्टमा कर्मचारी सन्ततीको छात्रवृत्तिमा पौने अर्ब खर्च– उपलब्धि शून्य शीर्षकमा समाचार प्रकाशित गरेको छ । सागर पण्डितले लेखेको समाचारमा भनिएको छ – सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडौं लगानी गरे पनि उनीहरुलाई सरकारी सेवामा आकर्षित गर्नसकेको छैन । 

दृष्टिकोण र विचार 
 

आजको अन्नपूर्ण पोस्टमा निहार आर. नायकको विचार प्रकाशित छ । सम्बन्ध सुधार्नैपर्ने कारण शीर्षकमा नायकले आफ्नो विचारमा भनेका छन् – प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य उद्देश्य नेपालले नयाँ संविधान जारी गरेपछि र त्यसका बारेमा भारतले देखाएका चासोका कारण द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास हटाउनु थियो ।

प्रमको आशलाग्दो ६० दिन शीर्षकमा आजको नागरिक दैनिकमा पुरञ्जन आचार्यको विचार प्रकाशित छ । प्रमको राष्ट्रको नाममा सम्बोधन गर्ने स्थल जनकपुर वा वीरगन्ज भएको भए राष्ट्रिय ऐक्यवद्धतामा थप बल मिल्थ्यो कि ? यस्तै साना र मसिना कुराले राष्ट्रिय एकता र नेपालको अखण्डता बलियो गर्न मद्दत मिल्छ ।

प्रदेश सञ्चालनका अन्योल शीर्षकमा आजको कान्तिपुर दैनिकमा डा. खिमलाल देवकोटाको दृष्टिकोण प्रकाशित छ । उनका अनुसार प्रादेशिक सरकारले अन्योल तथा द्विविधा समयमै चिर्न सकिएन भने हाम्रो संघीयताले राम्रोसँग काम गर्न सक्दैन ।

सम्पादकीय 
 

अन्नपूर्ण पोस्टले राज्य अभिभावक बनोस् शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ – प्रधानमन्त्री र मन्त्रीहरुले अमुक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नु सुन्दर पक्ष हो । तर, राज्य नै अभिभावक बन्न त्यसभन्दा बढी आवश्यक छ ।
स्थानीय तहमा पाठ्यक्रम अनिवार्य शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेखेको छ ।

स्वास्थ्य क्षेत्रमा सुधार शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– जहिलेसम्म सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरु जिम्मवाररुपमा सेवा दिने विश्वसनीय संस्था बन्दैनन् तहिलेसम्म साधारण नागरिकको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउन सकिन्न ।

नागरिक दैनिकले अख्तियारको तेस्रो आँखा शीर्षकमा सम्पादकीय लेखेको छ । राष्ट्रिय ढुकुटीमाथि घात गर्ने अख्तियार दुरुपयोगकर्तामाथि सशक्त कारबाही नहुने हो भने आउँदा कैयन् वर्ष हामीले अनियमितताका यिनै समाचार दोहोर्याइरहनेछौंँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग निद्राबाट कहिले ब्युँझिने ?

कान्तिपुर दैनिकले विद्यार्थी टिकाउने चुनौती शीर्षकमा सम्पादकीय लेखेको छ ।

फाइल तस्बिर 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC