site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'जनयुद्ध\'मा लचिलो, ९ गते नै पार्टी एकता गर्ने निष्कर्ष 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ ।

पार्टीको धारणासहित मंगलबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले विवादित विषयहरु टुंगो लगाएर वैशाख ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटीको बैठकमा सबै सदस्यले अब एकता प्रक्रिया अघि बढिसकेकाले रोक्न नहुने धारणा राखेका थिए ।
तर, नेकपा माओवादी केन्द्रले अनुपातका लागि राखेको अडान सही नभएको निष्कर्ष एमालेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेका एक नेताका अनुसार माओवादीले पचास प्रतिशत भन्नुका पछाडि केही गम्भीर षडयन्त्र हुन सक्ने आँकलन नेताहरुले गरेका छन् । भोलि पार्टी फुटाउनुपरेमा आवश्यक संख्या आफूसँगै राख्न चाहेको हुन सक्ने ठहर एमालेको थियो । त्यसका लागि माओवादीले भनेको 'जनयुद्ध' शब्द विधानमा राखेर जान एमाले लचिलो भए पनि अनुपातमा भने अडान कायमै रहेको ती नेताले जानकारी दिए ।

एमाले नेता भीम रावलले भने बैठकपछि मंगलबार बिहान बस्ने बैठकपछि ९ गते एकता हुने कि नहुने भन्ने टुंगो लाग्ने बताए । तर, नेम्वाङले ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC