अर्थ व्यवसाय
काठमाडौं । मंगलबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १०६ रुपैयाँमा उपलब्ध हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर ८७ रुपैयाँमा बजारमा पाइनेछ । इन्डियन आयल कर्पोरशनले भाउ बढेको मूल्यसूची पठाएपछि निगमले नेपालमा पनि बढेको जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५ २०:१०
प्रतिक्रिया दिनुहोस्