एनआईसी एशिया क्यापिटल लिमिटेडको एनआईसी एशिया ग्रोथ फण्ड सूचीकृत

एनआईसी एशिया क्यापिटल लिमिटेडको एनआईसी एशिया ग्रोथ फण्ड सूचीकृत

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३। ५२ करोड ईकाइहरु  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएकोे छ । 
७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट यसअघि नै निष्काशन गर्नका लागि अनुमति प्राप्त गरि माघ २ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।  उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्नेछ । 

कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउनेछन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्नेछन् । 
 

प्रतिकृया दिनुहोस