site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई दिनमा सेयर लगानीकर्ताको कूल सम्पत्ति साढे २३ अर्बले बढ्यो, नेप्से सुधारिने लयमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ वर्षको पहिलो दिन बढेको सेयर बजारले दोस्रो दिन पनि निरन्तरता दिएको छ । साताको दोस्रो तथा नयाँ वर्षका दोस्रो दिन पनि नेप्से परिसूचक १७.४२ अंकले बढ्दै सुधारिने क्रमले निरन्तरता पाएको हो ।

यसदिन नेप्सेमा आएको क्रमशः सुधारले लगानीकर्तालाई खुसी दियो । सुरुमा केही समय घटेको बजारले पटकपटक आर्लने कोशिश गरेपनि त्यो सम्भव हुन सकेन । बजार परिसूचक कुनै समय १३ सय बिन्दु कटेपनि त्यहीँ रहन सकेन ।

र, अन्ततः बजार बढ्दै १२ सय ९७ दशमलव ५७ को बिन्दूमा पुगेर रोकियो । नेप्से बढ्दा यसदिन सेयर बजार कारोबार परिसूच बढ्दा सेयर कारोबारमा पनि चाप देखिएको छ । यसदिन कारोबार रकम अघिल्लो दनभन्दा ८८ प्रतिशत बढ्दा ५७ करोड ६८ लाख ६१ हजार ८६३ रुपैयाँको सेयर किनबेच भए । यसक्रममा नेप्सेमा १६७ कम्पनीका ११ लाख ७८ हजार ७३८ कित्ता सेयर कारोबारमा आए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्से बढ्दा बजार पूँजीकरणमा २१ अबको वृद्धि भएर १५ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिन सेयर बजार परिसूचक २.६ अंकले बढ्दा लगानीकर्ताको सम्पत्ति अढाई अर्बले बढेको थियो । यससँगै नयाँ वर्षको २ कारोबारमा लगानीकर्ताको पुँजी कूल साढे २३ अर्बले बढेको हो ।

नेप्से बढ्दा सोमबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन सेन्सेटिभ इन्डेक्स पनि ३.२८ अंकले बढेर २ सय ७६ दशमलव २६को बिन्दुमा पुगेको छ ।

Global Ime bank

सोमबार नेप्से बढ्नुमा अघिल्लो दिनदेखि सेमी अनलाइन प्रणालीको प्रभाव रहेको जानकारहरुले बताएका छन् । उनीहरुका अनुसार सेयर खरिदबिक्रीका लागि अर्डर दिने काम कम झन्झटिलो भएपछि यो प्रक्रिया सहज बनेको हो ।

यसदिन बीमा र लघुवित्त समूहमा आएको उच्च सुधारले शेयर बजारलाई उकालो लाग्न मद्दत ग¥यो । यद्यपि, अन्य समूहबाहेकसबै समूहहरुको परिसूचक बढ्दा बजारमा लागनीकर्ताको मनोबल बढेको छ ।

सोमबार प्रभु इन्स्योरेन्सको सबैभन्दा धेरै २ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको २१ हजार ५ सय ३४ कित्ता शेयर कारोबार भए । कम्पनीको सेयरको अन्तिम मूल्य ७ सय २५ रुपैयाँ कायम भएको छ । 

यसदिन युनाइटेड इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको विशेष आकर्षण देखियो । कम्पनीले १० कित्ता बराबर २४ कित्ता हकप्रद सेयर दिने भएपछि यस कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको हो ।

यसदिन प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो । कम्पनीको सेयर मूल्य ७ सय ७० रुपैयाँ कायम भएको छ । साथै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य करीब १० प्रतिशतले बढेका छन् ।

यस दिन १ सय २४ कम्पनीको सेयर मूल्य बढ्दा २७ कम्पनीको सेयर मूल्य घटेको छ । घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स ्कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले घटेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC