site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अमेरिकालाई पुटिनको चेतावनी – फेरि हमला गरे बबाल हुन्छ 
Sarbottam CementSarbottam Cement

बीबीसी । सीरियालाई लिएर अमेरिका र रूस बीच ‘तँ–तँ र म–म’ को खेल रोकिने संकेत देखिएको छैन ।  राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले सीरियामाथि फेरि कुनै सैन्य कारवाही गरे निश्चित रुपमा विश्वभरी बबाल मच्चिने चेतावनी दिएका छन् । 

डूमा सहरमा भएको रासायनिक आक्रमणपछि गत शनिवार अमेरिका, फ्रान्स र ब्रिटेनले साझा सैन्य कारवाहीमा सीरिया सरकारका तीन स्थानमा बमबारी गरेका थिए । 

रूसले यस अघि पनि आफ्नो आधिकारिक बयानमा कारवाहीको आलोचना गरे पनि राष्ट्रपति पुतिन स्वयम्ले अमेरीकालाई सीरियामाथि आगामी कारवाहीलाई मध्यनजर गर्दै चेतावनी दिएको पहिलो पटक हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बशर–अल–असद सरकार

रूसको राष्ट्रपति कार्यालयबाट जारी बयानमा भनिएको छ, ‘‘भ्लादिमीर पुटिनले जोड दिएर भनेका छन् – संयुक्त राष्ट्र संघको चार्टर उल्लंघन गरेर यस प्रकारको कारवाही भइरहे निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति उत्पन्न हुनेछ ।’’ बयानका अनुसार पुटिन र ईरानका राष्ट्रपति हसन रूहानीबीच फÞोनमा कुराकानी भएको र दुबै नेताहरु गत शनिबार सीरियामा भएको आक्रमणपछि सीरियाको संघर्षको राजनीतिक समाधान सम्भावनामा क्षति पुगेकोमा एक मत देखिएका छन् ।

Global Ime bank

सीरियाको दमिश्क र होम्समा सैन्य कारवाहीपछि अमेरिका अब अर्को ढंगले सीरियाको बशर–अल–असद सरकारमाथि दबाव सिर्जना गर्ने प्रयासमा लागेको छ । 
आइतबार संयुक्त राष्ट्र संघमा अमेरिकाकी राजदूत निकी हेलीले अमेरिका सीरिया सरकारसँग जोडिएका रूसी कम्पनीहरु विरुद्धÞ आर्थिक प्रतिबन्ध लगाउने कारवाही अघि बढाउन गइरहेको बताएकी थिइन् । 

प्रतिबन्धका लागि रुस तयार 

सीरियामा भएको आक्रमणलाई लिएर संयुक्त राष्ट्र संघमा निन्दा प्रस्ताव प्राप्त गर्न असफल रुस अमेरीकाको आर्थिक प्रतिवन्धको नयाँ कारवाहीको विरोध गरिरहेको छ । 

अमेरीकाको टीभी च्यानल सीबीएसलाई दिएको अन्तरवार्तामा अमेरीकी राजदूत निकी हेलीले अमेरीकाले सीरिया सरकारको कथित रासायनिक हमलामा सघाउने रूसी कम्पनीहरुमाथि सोमवार आर्थिक प्रतिबन्ध लगाउने बताएकी थिइन् । 
उनको बयानको जवाबमा रूसी संसदको माथिल्लो सदनमा रक्षा समितिका उपनिर्देशक एवगेनी सेरेब्रेनिकोवले रूस पनि ती प्रतिबन्धहरुका लागि तयार रहेको बताएका छन् ।

रुसको सरकारी न्यूज एजेन्सी आरआईएका अनुसार सेरेब्रेनिकोवले आफ्नो अधिकारिक बयानमा प्रतिबन्धले रुसका लागि असहज परिस्थिति खडा गरे पनि रुसभन्दा बढी अमेरीका र यूरोपलाई नोक्सान हुने बताएका छन् । 
https://www.bbc.com/hindi/international-43779941

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC