घटना क्रम

ब्रिटेनका राजकुमार ह्यारी राष्ट्रमण्डल युवा दूत नियुक्त

ब्रिटेनका राजकुमार ह्यारी राष्ट्रमण्डल युवा दूत नियुक्त

एजेन्सी । ब्रिटेनकी महारानी एलिजाबेथले राजकुमार ह्यारीलाई राष्ट्रमण्डल देशहरुको युवा दूत नियुक्त गरेकी छिन् । राजकुमार ह्यारीले युवा दूतका रूपमा राष्ट्रमण्डल देशहरुमा युवाहरुको आफ्ना समस्याहरुको समाधानका लागि राष्ट्रमण्डल नेटवर्कको प्रयोग गर्नका लागि प्रेरित गर्नेछन् । 

राजकुमार ह्यारीको यो नियुक्ति लण्डनमा यसै सप्ताह राष्ट्रमण्डल देशहरुका प्रमुखहरुको बैठक शुरू भए पछि भएको हो । लण्डनस्थित बकिंघम प्यालेसले राष्ट्रमण्डल देशहरुको २.४ अर्वको ६० प्रतिशत मानिसहरुको आयु ३० वर्षभन्दा कम रहेको जनाएको छ ।

बकिंघम प्यालेसको बयानमा राजकुमार ह्यारी राष्ट्रमण्डल देशहरुको युवा नेताहरु र युवाहरुका बीच नेटवर्क बनाउने र आफ्नो पीढ़ीका सामाजिक, आर्थिक र पर्यावरणीय चुनौतिहरुसँग जुध्नका लागि राष्ट्रमण्डल देशहरुका विभिन्न मञ्चहरुको प्रयोग गर्न प्रेरित गराउने उल्लेख छ । 

राजकुमार ह्यारी ब्रिटिश सिंहासनका दावेदारहरुको पंक्तिमा छैठौं नम्बरमा छन् । उनले गन वर्ष १९ मे महीनामा अमेरीकी अभिनेत्री मेघान मार्केलसँग विवाह गरेका थिए । ब्रिटेनकी महारानी एलिजाबेथ राष्ट्रमण्डल देशहरुको की प्रमुख हुन् । 
 

तपाईंको मत