घटना क्रम

ट्रम्प अमेरिकाको नेतृत्वका लागि अयोग्य !

ट्रम्प अमेरिकाको नेतृत्वका लागि अयोग्य !

बीबीसी । अमेरिकाका पूर्व एफबीआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘अमेरिकाको राष्ट्रपति हुनका लागि नैतिक रुपले अयोग्य’ बताएका छन् ।  गतवर्ष जागिरबाट हटाइएका कोमीले पहिलो पटक टीभीलाई दिएको अन्तरवार्तामा ट्रम्पले महिलाहरुलाई ‘मासुको टुक्रा’ सम्झिने गरेको पनि आरोप लगाएका छन् । 

अमेरिकी नेटवर्क एबीसीलाई उनले ट्रम्पका लागि सत्य कुराले कुनै महत्व नराख्ने पनि टिप्पणी गरेका छन् । 

अन्तरवार्ताको केही समयपछि राष्ट्रपति ट्रम्पका तर्फबाट पनि प्रतिक्रिया आएको छ । उनले जेम्स कोमीमाथि ‘धेरै बढी झुठो’ बोलेको आरोप लगाएका छन् । 

‘‘ट्रम्प दिमागी हालतमा अयोग्य छन् वा उनमा भुल्ने बिरामीको शुरुआती लक्षण छ भन्ने कुरा म मान्दिन’’, जेम्स कोमीले एबीसी च्यानलसँगको अन्तरवार्तामा भने, ‘‘राष्ट्रपति बन्नका लागि मेडिकली अयोग्य छन् भन्ने पनि म मान्दिन तर उनी राष्ट्रपति बन्नका लागि नैतिक रुपमा अयोग्य रहेको मेरो मान्यता हो ।’’ 
https://www.bbc.com/hindi/international-43779558

तपाईंको मत