घटना क्रम

ट्रम्प चाँडाभन्दा चाँडो सीरियाबाट सेनालाई निकाल्न चाहन्छन् : ह्वाइट हाउस

ट्रम्प चाँडाभन्दा चाँडो सीरियाबाट सेनालाई निकाल्न चाहन्छन् : ह्वाइट हाउस

बीबीसी । अमेरीकाले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी सेनालाई चाँडोभन्दा चाँडोे सीरियाबाट बाहिर ल्याउन चाहेको जनाएको छ । 

यसअघि फ्रान्सका राष्ट्रपति इमैनुअल म्याक्रों एक टीभी अन्तर्वार्तामा आफूले नै राष्ट्रपति ट्रम्पलाई सीरियाबाट आप्mना सैनिकलाई फिर्ता बेलाउन सहमत गराएको बताएका थिए । 

तर अहिले ह्वाइट हाउसकी प्रवक्ता सेरा सेंडर्सले अमेरिकी सैनिकहरुलाई चाँडोभन्दा चाँडो बाहिर निकालिने बताएका छन् । उनले सैनिकलाई फिर्ता बेलाए पनि सीरियामा अमेरिकी मिशनमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन् । 
यस महिनाको शुरुआतमा राष्ट्रपति ट्रम्पले अमेरिका चाँडै नै सेनालाई सीरियाबाट फिर्ता बोलाउने घोषणा गरेका थिए । 

तर घोषणा विपरीत गत शनिवार अमेरिकाले ब्रिटेन र फ्रान्सका साथ मिलेर संदिग्ध रासायनिक हमलाको जबाफमा सीरियाली सरकारका ठेगानाहरुलाई निशाना बनाएको थियो ।  फ्रान्सका राष्ट्रपति म्याक्रोंले अमेरीकालाई आक्रमणलाई तत्कालका लागि केही स्थानमा मात्रै सीमित राख्न पनि मञ्जुर गराएको दावी गरेका छन् । 

यसैबीच अमेरीकाले सीरियाका राष्ट्रपति बशर अल असदसँग सम्बन्ध राख्ने रूसका कम्पनीहरुमाथि अमेरीकाले थप प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । संयुक्त राष्ट्र संघमा अमेरीकी राजदूत निक्की हैलीले नयाँ प्रतिबन्धहरुलाई सोमवारे सार्वजनिक गरिने बताएकी छिन् । 
https://www.bbc.com/hindi/international-43778458

तपाईंको मत