site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ । 

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर यस बारेमा अनुसन्धान गरेको अधिकारीहरूले जानकारी दिएका छन् । अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क विच्याटको १२६ ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वी चीनको जिआङसु प्रान्तमा पर्ने एक ठाउँमा अश्लील दृश्य प्रत्यक्ष प्रसारण गरिरहने रङ्गमञ्चबाट पछिल्लो समय ५२ जनालाई पक्राउ गरिएको छ । 

अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क वि च्याट तथा क्यूक्यूको १२६ ओटा ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ । 

Global Ime bank

यस्ता काममा संलग्नहरूले मासिक लाखौं अमेरिकी डलर बराबरको रकम अवैध रुपमा कमाउने गरेको पाइएको अनुसन्धानमा सम्लग्न अधिकारीहरूले बताएका छन् । 

अनुसन्धानकर्ताहरूले अश्लील सामग्रीहरूको प्रत्यक्ष प्रसारणमा अधिकांश सांसदहरू नै संलग्न रहेको पाइएको भएपनि इन्टरनेट प्रोटोकल ठेगाना तथा सामाजिक सञ्जालमा प्रयोग भएका नाम तथा अन्य विवरण उनीहरूले परिवर्तन गरी सजायबाट उम्किने गरेका पाइएको बताइएको छ । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC