site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी महाधिवेशनको मिति तय लगायतका विषयमा छलफल गर्न नेकपा एमाले निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि शुरु भएको छ । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको बैठकमा संघको आगामी महाधिवेशन, समीक्षा, बिदाइ र मनोनयनलगायत कार्यसूची रहेको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

आन्तरिक विवाद र विभिन्न निर्वाचनका कारण संघको केन्द्रीय कमिटी बैठक डेढ वर्षपछि मात्र बसेको हो । 

बैठकको उद्घाटन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनको घोषणापत्रबमोजिम विकास र समृद्धिको यात्रामा संघ सहयोगी हुनुपर्ने बताए ।  

Global Ime bank

संघका अध्यक्ष राजीव पहारी प्रदेश नं ४ को प्रदेश सदस्यमा निर्वाचित भएपछि नेतृत्व हस्तान्तरणबारे पनि बैठकमा छलफल हुन लागेको हो । 

अध्यक्ष पहारीले एमाले र नेकपा माओवादी केन्द्रसँगको एकतापछि संघ र योङ कम्युनिष्ट लिगबीचको एकताका लागि तयार रहन आग्रह गरे । उनले आन्तरिकरुपमा एकमना एकताका साथ अघि बढ्न पनि आग्रह गरे । 

संघका पूर्वअध्यक्ष केशव स्थापित, महेश बस्नेत, निरु पालले पनि बैठक सफलताको कामना गरे । बैठक भोलिसम्म बस्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC