अर्थ व्यवसाय

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेशनल अस्पतालबीच क्यासलेस सेवा सम्झौता 

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेशनल अस्पतालबीच क्यासलेस सेवा सम्झौता 

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल अस्पतालका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म नर्भिक अस्पतालबाट नगदरहित सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नर्भिक इन्टरनेश्नल अस्पतालसँगको सहकार्यमा कम्पनीका ग्राहकलाई बीमालेखमा तोकिएको सिमासम्म सुविधा प्रदान गर्ने धारणा व्यक्त गरेका थिए ।
 

तपाईंको मत