देश
कञ्चनपुर । कञ्चनपुरमा टिप्परको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा माहाकाली नगरपालिका ४ कि ५५ वर्षीय बोनी देवी लुहार रहेकी छन् । म १ ख ७७२ नम्बरको टिप्परले भीमदत्तनगरपालिको सुकासालमा ठक्कर दिदा घाइते लुहारको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा ज्यान गएको कञ्चनपुर प्रहरीका डिएसपी ज्ञानबहादुर सेटीले जानकारी दिए । प्रहरीले चालक र टिप्परलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५ १८:०२
प्रतिक्रिया दिनुहोस्