देश

मोटरसाइकलको ठक्करबाट प्रदेशसभा सदस्य तामाङ घाइते

मोटरसाइकलको ठक्करबाट प्रदेशसभा सदस्य तामाङ घाइते

कैलाली । प्रदेश नम्बर ७ का प्रदेशसभा सासंद तारा लामा तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । घाइते लामाको बाँया खुट्टा भाँचिएको बताइएको छ । कैलालीमा लामालाई से ४ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । तामाङको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी गरिएको छ । 
 

तपाईंको मत