site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रुपन्देही । प्रदेश नं ५ को सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७४ आज प्रदेशसभामा पारित भएको छ । 

प्रदेशसभा नियमावली, २०७४ को नियम १३३, उपनियम (१२) बमोजिम प्रदेश नं ५ प्रदेश सरकारको आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभामा गत चैत ३० गते सरकारले प्रस्तुत गरेको रु एक अर्ब दुई करोड पाँच लाखको बजेटमाथि सोमबार भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बजेट छोटो अवधिका लागि आए पनि प्रशंसनीय भएको बताए । 

सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको शीर्षकमाथि टिप्पणी गर्दै प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले पर्यटकीय सम्भाव्यता भएको क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको र नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा प्रतिपक्ष दललाई बेवास्ता गरेको आरोप लगाए ।  

Global Ime bank

प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले बजेट सानो घेराबाट आएको बताए । सदस्य कृष्णध्वज खड्काले जनसहभागितामा आधारित विकास कार्यक्रम केही जिल्लामा लागू गर्ने र त्यसको प्रभावकारी अनुगमन गुर्नपर्ने औँल्याए । सदस्य सन्तोष पाण्डेले संसद् विकास कोष स्थापना र भौतिक पूर्वाधारमा कुल बजेटको १५ प्रतिशत बजेट खर्च गर्न माग गरे ।  

सदस्य कृष्ण न्यौपानेले लुम्बिनीसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्रामको सन्तुलित विकासले नै समृद्धिको आधार खडा गर्ने विश्वास व्यक्त गरे । सदस्य रमा अर्यालले विनियोजित बजेटको रकममा आम्दानीको स्रोत पहिचान नभएको र बजेट मितव्यायी नभएको बताए ।  

प्रदेशसभा सदस्यले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले वित्तीय आयोग गठन गरेर राजश्व बाडफाँट गर्नुपर्ने औँल्याए । आर्थिक मामिला तथा योजनामन्त्री पनि रहेका पोखरेलले भने, “केन्द्र सरकारले कृपा गरेर बजेट दिने भन्दा संविधानले दिएको अधिकार प्रयोग गर्ने विषयमा हामी केन्द्रित छौँ ।” 

उनले आगामी आर्थिक वर्षका लागि आउने बजेटका विषयमा प्रदेशसभा सदस्य बोलाएर छलफल गरिने आश्वासन दिँदै छुटेका आयोजनाका विषयमा पनि बजेटले बाटो खुला गरेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC