site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मलेसिया जाने कामदारले सरकारी अस्पतालबाटै स्वास्थ्य परीक्षण गराउन सक्ने, त्रिभुवन विमानस्थलमा शव बुझ्ने कक्ष स्थापना गरिने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली श्रमिकहरुको शव बुझ्ने कक्ष स्थापना गर्ने बताएका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुमध्ये करिब २ हजारले रोजगारीका क्रममा वर्षेनी ज्यान गुमाउने गरेका छन् । जुन दैनिक रुपमा औषत २ देखि ३ जनाको हाराहारीमा पर्छ ।

यी संख्याका ज्यान गुमाएका नेपालीहरुको शव त्रिभुवन विमानस्थल आइपुग्ने तर त्यहाँ आफन्तहरुलाई शव बुझ्न कठिन भएको भन्दै मन्त्री विष्टले यस्तो काम गर्ने बताएका हुन् ।

Agni Group

“यो मानवीय संवेदनाको विषय हो,” सोमबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको बैठकमा बोल्दै मन्त्री विष्टले भने, “आफन्तहरुलाई विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव बुझ्न सजिलो होस् भनेर मन्त्रालयले यस्तो निर्णय गरेको हो । शव बुझ्ने कक्ष निर्माणपछि आफन्तले सजिलै शव लिन सक्नेछन् ।”

यसका साथै मन्त्री विष्टले यस क्षेत्रमा देखिएको वेथितिको चाङलाई विशेष कार्यदल बनाएर हटाउने बताएका छन् । 

Global Ime bank

हाल स्वास्थ्य परीक्षण र स्टिकर टाँस्ने नाममा नेपाली श्रमिकहरुले घण्टौं लाइन लाग्नुपर्ने अवस्था रहेको र सरकारी अस्पतालबाट स्वास्थ्य परीक्षणको मान्यता दिन पनि मन्त्रालयले पहल गर्ने मन्त्री विष्टले बताए ।

“युएईको सुरक्षाको छाप लगाउने नाममा नेपाली श्रमिकले कति पैसा तिर्दैछन् ? कति घण्टा लाइनमा लाग्नुपर्नेछ यी सबै कुराको लेखाजोखा राख्न मन्त्रालयले कार्यदल बनाउँदैछ,” मन्त्री विष्टले भने, “कार्यदलले ३ महिनामा यसको अध्ययन गरी प्रतिवेदन तयार गरेर परिणाममुखी काम गर्नेछ ।”

मन्त्रालयले युएईको सुरक्षाको छाप लगाउनका लागि युएईका राजदूतसँग भेट गरी नेपालका सरकारी अस्पतालले गरेको स्वास्थ्य परीक्षणलाई मान्यता दिलाउने काम अघि सारेको मन्त्री विष्टले बताए । 

कतारमा जाने नेपाली श्रमिकहरुले पनि सरकारी अस्पतालले गरेको स्वास्थ्य परीक्षणले मान्यता पाउनुपर्ने र यसका लागि आवश्यक कदम चालिएको उनले जानकारी दिए । 

“यी दुई देशमा जाने नेपाली श्रमिकहरुले सरकारी अस्पतालबाट गरेको स्वास्थ्य परीक्षणले मान्यता दिलाउन हामीले कदम चालिसकेका छौं,” उनले भने, “अब मलेसिया जाने नेपाली श्रमिकहरुले पनि सरकारी अस्पतालबाटै सवास्थ्य परीक्षण गर्नसक्ने छन्, यसका लागि हामी पहल गरिरहेका छौं ।”

निजी क्षेत्रले एकाधिकार रुपमा गरिरहेको स्वास्थ्य परीक्षण, ल्याबको स्तर र सरकारी अस्पतालको गुणस्तर तोक्न पनि कार्यलदलले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री विष्टले बताए । 

नेपालीलाई कानुनी रक्षा उपलब्ध गराइने
 

वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरु कुन देशको जेलमा कति रहेका छन् भन्ने आधिकारिक तथ्याङ्क अहिले सरकारसँगै नरहेको मन्त्री विष्टले स्वीकारे । सञ्चारकर्मीको जिज्ञासामा मन्त्रालय स्रोतले विदेशी जेलमा रहेका नेपालीहरुको पुरानो तथ्याङ्कमात्र उपलब्ध गरायो ।

मन्त्रालयका सचिव महेश दाहालका अनुसार मलेसियाका जेलमा १ सय ७१, कतारमा ५२, साउदी अरबमा २ सय १०, कुवेतमा ७० र बहराइनका जेलमा ३ जना नेपालीहरु रहेका छन् । विदेशका जेलमा परेका नेपालीहरुलाई आवश्वयक कानुनी रक्षा उपलब्ध गराइने र जेलमा रहेका नेपाली श्रमिकहरुको तथ्याङ्क प्रतिदिन परिवर्तन हुने भएकाले हप्ता वा महिनैपिच्छे यसको आधिकारिक तथ्याङ्क उपलब्ध गराइने मन्त्री विष्टले बताए ।

मन्त्रालयले विभिन्न कार्यदल बनाएर श्रम तथा रोजगारीका क्षेत्रमा परिणममुखी काम गर्ने प्रतिवद्धता मन्त्री विष्टले व्यक्त गरे । 

“मन्त्रालय खाली वैदेशिक रोजगारीका बारेमा मात्र होइन नेपाली युवाहरुलाई नेपालमै रोजगार बनाउन के–कस्ता कदम चाल्नुपर्छ यसमा पनि काम गरिरहेको छ,” उनले भने, “यसका लागि हामीले अर्को कार्यदल बनाएका छौं, कार्यदलको ३ महिनाको अध्ययनपछि हामी थप योजनाका साथ अघि बढ्नेछौं ।”  

 

     

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC