काठमाडौं । चलचित्र ‘सयकडा दश’ को छायांकन सुरु भएको छ । सोमबारबाट चलचित्रको छायांकन सुरु भएको हो । बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको छायांकन गरियो ।
रामशरण पाठकले निर्देशन गर्ने चलचित्र सोसल एवं कमेडी ड्रामा जानरामा निर्माण हुनेछ ।
“समाजसँग सीधै जोर्डिएको कथावस्तु रहेको चलचित्रले सदाचारको वकालत गर्नेछ” निर्देशक पाठकले भने, “हामीले यसभित्र प्रेम र भ्रष्टाचारको प्रभाव र अन्तर्सम्बद्ध देखाउन लागेका छौं ।”
यही चलचित्रमार्फत कमेडियन मनोज गजुरेल चलचित्रमा डेब्यू गरेका छन् । “डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा थिएँ,” गजुरेलले भने, “म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।”
‘सयकडा दश’ मा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्ने चलचित्रमा रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौलालगायत कलाकारको रहने छ ।