राजनीति

एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा शुरू

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रिया मुख्य रूपमा छलफल भइरहेको बताइएको छ ।

पछिल्लो समय मुर्झाएको एकता प्रक्रियाले सोमबारदेखि गति लिएको छ । सोमबारै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच झन्डै दुई घन्टा छलफल भएको थियो ।

‘वान टु वान’ वार्तामा यसअघि कार्यदले टुंग्याउन नसकेका र सुझावका रूपमा दिएका कतिपय विषयमाथि छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । ‘जनयुद्ध’लाई विधानको प्रस्तावनामा राख्ने, केन्द्रीय समूहमा ५०/५०को अनुपातमा प्रतिनिधित्व र चुनाव चिह्नको विषय कार्यदलले टुंग्याउन सकेका थिएनन् ।

दुई अध्यक्षको छलफलले मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र विवादित विषय टुंगो लगाउने सहमति भएको बताइएको छ ।
 

तपाईंको मत