site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्यायमा नपरेका भए शिक्षक क्रान्तिकारी हुँदैनथे : प्रचण्ड 
Ghorahi CementGhorahi Cement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित नेपालको विशिष्टता समाजवादी शिक्षाको प्रारुप विषय एक दिवसीय शैक्षिक कार्याशालालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । 

Agni Group

अध्यक्ष दाहालले भने, “नेपाल अहिले संघीय लोकतान्त्रक गणतन्त्रमा गएको छ । जतिपनि नेपालमा भएका परिवर्तनमा शिक्षकहरुको अतुलनिय योगदान छ । शिक्षकहरु अन्यायमा नपरेका भए क्रान्तिकारी र परिवर्तनक्रारी हुँदैनथे, अन्यायमा परेरनै मुलुक बदल्ने आँट आएको हो ।”

उनले आफूहरुको नयाँ समाजवादको यात्रा पनि शिक्षकहरुको भूमिका महत्वपर्ण हुनुपर्ने विचार व्यक्त पनि गरे । “हामीले अहिले स्थिरता र समृद्धिको कुरा गरिरहेका छौं, हाम्रो नयाँ समाजवादको यात्रामा पनि शिक्षक साथीहरुले साथ दिनुहुन्छ भन्ने मैले विश्वास गरेको छु,” दाहालले भने ।

Global Ime bank

उनले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानि नपुगेको बताउँदै शिक्षकहरुको पेसालाई राज्यले नै सम्बोधन गर्नुपर्ने बताए । अध्यक्ष दाहालले पुँजीवादी शिक्षाले विद्यार्थीलाई आतंक मच्याउने भन्दै अबको शिक्षा आत्मनिर्भर र स्वरोजगार किसिमको बनाउन शिक्षकहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षक पेसा जागिरको लागि नभएको बताए । “हरेक व्यक्तिमा रहेको ज्ञानलाई जागृत गर्ने पेसा नै शिक्षक हो । शिक्षकमा देश बनाउने जिम्मा हुन्छ । मुलुकमा रहेका हरेक नेपालीलाई मेरो देश हो भन्ने भावना बताउने काम शिक्षकको हो,” उनले भने । मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई आत्मसात गर्दै अबको शिक्षा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC