site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
द्वन्द्वको दारुण कथा: सखी
Ghorahi CementGhorahi Cement

माओवादी र शाही नेपाली सेनाको जत्था आइरहन्छ । अनावश्यक सोधपुछ गर्दै दुःख दिइरहन्छ । माओवादी र सेना दुवैले जनताकै लागि आफूहरुले काम गरिरहेको बताउँछन् ।  तर दुवैबाट जनता (सगुनको परिवार) भने त्रसित हुन्छ । दुवै पक्षले गर्ने अनावश्यक शंका र खवरदारीले सगुनको परिवार दिक्क भैरहेको हुन्छ । 

छिनमै आउने माओवादी र छिनमै देखिने सेनाको चेपुवामा परेको सगुनको परिवार न माओवादीको पक्ष लिन सक्छ र सेनाको । 

दुरुस्तै, न माओवादी जनताको विश्वास गर्न सक्छ न सेना जनताको विश्वास गर्न सक्छ । यसको मारमा पर्छ सगुनको परिवार ।  

Agni Group

दुवै पक्षले छिनछिनमै आएर गर्ने सोधपुछ र दिने धम्कीले आजित भएको परिवारमा द्वन्द्वको त्रासमा रातरातभर जागै बस्छ । आफ्नो परिवारको सुरक्षाका लागि भाटो तिखारेर बस्ने सगुन माओवादी र सेनाको चाल सुन्नेबित्तिकै डराएर घरबाहिर निस्किन सक्तैन । बरु उसकी श्रीमती पवितरी हातमा लालटिन बोकेरै भए पनि माओवादी र सेना दुवैसँग कुरा गर्छे । 

परिवारको सुरक्षा गर्न सक्छु भनेर परिवारलाई त्रासको मनोविज्ञानको छायाँ पर्न नदिन भाटो तिखार्दै त्यसमा तेल लगाएर बस्ने सगुनलाई एक दिन कर्दसहित सेनाले भेट्टाउँछ । देशद्रोही आतंककारी माओवादी भन्दै परिवारकै सामु लछारपछार गर्दै लैजान्छ । सेनाले उसलाई घर फर्काउँदैन । पवितरीको सिउँदो उजाडिन्छ । घरबाहिर पनि निस्किन सक्तिन । छोराछोरी (शम्भु र गीता) ‘टुहुरो’ हुन्छन् । 

Global Ime bank

घरकै मूली गुमाइसकेको परिवारमा माओवादी र सेनाले निगरानी घटाउँदैनन्, बरु झन् बढाउँछन् । माओवादी आएर घरमा जे पाकेको छ त्यही खाएर जान्छ । सेना आएर कसलाई लुकाएका छौ भन्दै सोधपुछ गर्छ । 

एक दिन माओवादी घरभित्रै रहेका बेला सेना आइपुग्छ । उसले घरभित्र माओवादी छन् भनेर शंका गर्छ तर पवितरीले घरमा कोही पनि नरहेको भनेर माओवादी जनसेनाको ज्यान बचाइदिन्छे । 

बुबा (सगुन) गुमाएका छोराछोरी खेलिरहैका बेला माओवादी जनसेना आइपुग्छ । गीतासँग खेलिरहेको छोरो शम्भुलाई जनसेनाले आफूसँगै लैजाने भन्दै घिसार्न थाल्छ । पवितरी, गीता र शम्भु रुँदै शम्भूलाई नलान भन्दै एकातिरबाट तान्छन् । अर्कौतिर सँगै सधै खेल्ने शोभा रुन्छे । सँगै रहेको ‘सशी’ छक्क परेर हेर्न थाल्छ । 

आमा र बहिनीले कोकोहोलो गरेपछि उनीहरु रित्तो हात नजाने सर्त राख्छन् । उनीहरु ‘सखी’ लाई लिएर जान खोज्छन् । शोभा नलैजान आग्रह गर्दै रुन्छे । शोभालाई पविरती, शम्भु, गीताले पनि साथ दिन्छन् तर जनसेनाले छाड्दैन । ‘सखी’ लाई लिएर जान्छ ।

नाटकको मुख्य पात्र ‘सखी’ नाटकमा त्यति धेरै देखिँदैन । सामान्यतः मुख्य पात्रले खेल्ने जति रोल जति उसको हुँदैन । न ‘सखी’ आफ्ना सखासखी जस्तो हिँड्न नै सक्छ न ऊ अरु जस्तो बोल्न नै । तर पनि जनसेनाले शम्भुलाई छोडेर उसलाई आँफूसँगै लैजान्छ । 

यत्तिकैमा नाटक घरमा बत्ति बल्छ । दर्शकले ताली पिट्छन् ।  निर्देशक घिमिरे युवराज थिएटरमा देखिन्छन् । उनी नाटक नराम्रो लागे आफूलाई सुझाव दिन र राम्रो लागे साथीसंगी तथा चिनेजानेकालाई भनिदिन आग्रह गर्छन् । थिएटरबाट दर्शक उठ्छन् । 

किन एक युवकलाई छाडेर बोल्न नसक्ने र हिँड्न नसक्ने ‘सखी’ लाई लैजान माओवादी तयार हुन्छन् ? के छ ‘सखी’ मा त्यस्तो जो उनीहरुले शम्भुमा देखेनन् । यो थाहा पाउन भने नाटक नै हेर्नुपर्छ । 

डेढ दशक पुरानो कथा उठान गरिएको नाटक ‘सखी’ अहिले काठमाडौंको बत्तीसपुतलीस्थित नाटकघर शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । तत्कालीन माओवादी जनयुद्धले तराईका निम्न वर्गीय परिवारमा पारेको प्रभाव र त्यसले सिर्जना गरेको असरलाई ‘सखी’ ले देखाएको छ । ढिलै भएपनि नाटकले यथार्थ कथा पस्किनु ‘सखी’ को सकारात्मक पक्ष हो । रमेश रञ्जन झाले नाटकको कथा स्थानीय परिवेशको गहिराइमा पुगेर लेखेका छन् । नाटकको सकारात्मक पाटो फरक चरित्रलाई स्थापित गर्न सक्नु हो । कमै मात्र प्रयोग हुने चरित्रलाई स्थापित गर्नु नाटकको बलियो पक्ष हो । बिना न्यारेशन छोटो समयमा चरित्रलाई स्थापित गरेर द्वन्द्वको कथा भन्न सक्नु नै ‘सखी’ को अब्बल पक्ष हो । 

निर्देशक घिमिरे युवराजले तराईको एक अनकन्टार गाउँको एउटा घरमा सशस्त्र द्वन्द्वको समयमा भएको घटना सपाट भनेका छन् । अधिकांश मुख्य पात्र तराईकै समावेश गरेर निर्देशकले आलोचना गर्ने ठाउँ बन्द गरे पनि मुख्य पात्र मध्येकै एक पवितरीलाई भने नेपाली भाषामा बोल्न दिएका छन् ।  काठमाडौंका दर्शकका लागि त सकारात्मक पक्ष हो जसले मैथिली भाषा बुझ्दैन थिए ।

तर भाषा संगतीका हिसावले भने निर्देशक चुकेका हुन् भन्न सकिन्छ । श्रीमान् र छोराछोरी मैथिली भाषा बोल्छन् तर पवितरी भने नेपाली भाषा बोल्छिन् । जुन त्यति सहज लाग्दैन । वस्तुस्थिती हेर्दा अध्ययन गर्दा पछिल्लो समय आमा बुवाले मातृभाषा बोले पनि बहुसंख्यक छोराछोरीले भने मातृभाषा बोल्न जान्दैनन् । तर ‘सखी’ मा भने यसको ठिक उल्टो छ । यद्यपि काठमाडौंमा बस्ने अधिकांशले मैथिली नबुझ्ने भएकाले नेपाली भाषा पनि प्रयोग गरेको निर्देशकले नाटक मञ्चन आगाडि नै जानकारी दिन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC