site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
निर्वाचन मिति तय गर्न एन्फाको गृहकार्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित भएको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचनको नयाँ मिति तोक्न गृहकार्य थालेको छ । उच्च अदालत पाटनको अन्तरिम आदेश दिएपछि स्थगित भएको एन्फा निर्वाचनको नयाँ मिति केही दिनमा तोकिने एन्फाले जनाएको छ  ।

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले उच्च अदालत पाटनमा परेको रिट फिर्ता गराउन पहल भइरहेको र छलफल सकारात्मक रुपमा अघि बढेका कारण निर्वाचनको मिति चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।

“निर्वाचन नगराउन अदालतको अन्तरिम आदेश छ, हामीले आफै निर्वाचन तोक्दा अदालतको मानहानि हुन्छ । त्यसैले यो मुद्दालाई चाँडो निकास दिने योजनामा छौ,” अध्यक्ष श्रेष्ठले बाह्रखरीसँग भने, “हामी मुद्दा फिर्ताको लागि पहल गरिरहेका छौ । छलफल सकारात्मक भइरहेको छ । मुद्दाको किनारा लागेमा ३–४ दिनमा नयाँ मिति तोक्नेछौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

भक्तपुर जिल्ला फुटबल संघका तत्कालिन अध्यक्ष गौतम सुजुख र मकवानपुर जिल्ला फुटबल संघका तत्कालिन उपाध्यक्ष मनिष श्रेष्ठले हालेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले गत चैत ११ निर्वाचन नगराउन आन्तरिम आदेश दिएको थियो । उनीहरुले आफ्नो जिल्लामा निर्वाचन नभएकाले केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदा आफ्नो प्रतिनिधित्व नभएको भन्दै मुद्दा दर्ता गराएपछि उच्च अदालत पाटनका न्यायाधीश राजकुमार वनको एकल इजलासले निर्वाचन नगराउन आन्तरिम आदेश दिएको थियो । 

अदालतको अन्तरिम आदेशपछि एन्फाको निर्वाचन कमिटीले चैत १४ गते तय भएको निर्वाचन अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको थियो । तोकिएको समयमा निर्वाचन नहुँदा छलफल गर्न एसियाली फुटबल महासंघ एएफसीको टोलीसमेत नेपाल आएर फर्किसकेको छ । यस्तै, एन्फालाई चाँडो निर्वाचन प्रक्रिया अघि बढाउन एएफसीले पत्र समेत पठाइसकेको छ ।

Global Ime bank

अदालतको अन्तरिम आदेशपछि एन्फाले मकवानपुरमा चैत २३ र भक्तपुरमा चैत २७ मा निर्वाचन गरिसकेको छ  । उक्त निर्वाचनबाट मकवानपुरमा श्रेष्ठ सदस्यमा चुनिए भने भक्तपुरमा सुजखु अध्यक्ष चुनिएका छन्  ।

एन्फा अध्यक्ष श्रेष्ठले मकवानपुर र भक्तपुरको निर्वाचनसँगै दुवैको माग पूरा भइसकेका कारण अब एन्फाको निर्वाचनको लागि बाटो खुलिसकेको बताए । मुद्दा फिर्ताको लागि अदालती प्रक्रियामा लागिसकेको जानकारी दिँदै श्रेष्ठले भने, “मुद्दा फिर्ताको लागि सहमतिको कोसिस जारी छ । आज पनि मैले उहाँहरुसँग छलफल गरेको छु । हामी अदालतमा जवाफ दिन जाँदैछौं । त्यसपछि राष्ट्रिय खेलकुद परिषद्, एएफसी र फिफाको सहमतिमा नयाँ मिति तय गर्नेछौं ।” अध्यक्ष श्रेष्ठले एन्फा निर्वाचन कमिटिसँग निर्वाचनको लागि छलफल भएको बताउँदै निर्वाचनको लागि कम्तिमा १० दिन माग गरेका कारण त्यहीअनुसार नयाँ निर्वाचनको मिति तोकिने समेत जानकारी दिए ।

यता, भक्तपुर जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष सुजखुले आफूहरुले राखेको मागमध्ये एक मागमात्र पूरा भएको जानकारी दिँदै अदालतमा दर्ता गराएको मुद्दा फिर्ता नलिने बताए । “दुई मागमा हाम्रो एक माग पूरा भएको छ । भक्तपुरका प्रतिनिधिले केन्द्रको कार्यसमितिमा उम्मेदवार दिन पाउनुपर्ने अर्को माग पूरा भएको छैन,” अध्यक्ष सुजखुले बाह्रखरीसँग भने, “त्यसैले हामी मुद्दा फिर्ता गर्दैनौ । अदालतको निर्णय मान्छौं, मुद्दा फिर्ता लिए फुटबललाई घाटा हुन्छ ।”

यस्तै, अध्यक्ष सुजखुले आफूहरुका कारण एन्फा निर्वाचन नरोकिएको समेत बताए । “हामीले गर्दा निर्वाचन रोकिएको भन्न मिल्दैन । उहाँहरु हामीलाई निर्वाचनमा भाग लिने अधिकार हुँदाहुँदै अघि बढ्न खोज्नु भयो, त्यसैले मुद्दा दर्ता गरेका हौं,” अध्यक्ष सुजखुले थपे, “अदालतले जे निर्णय गर्छ, त्यो सही हुन्छ, हामी गलत ठहरिए पनि मान्न तयार छौ ।”

यसअघि दुई पटक सरेको एन्फाको निर्वाचनमा संस्थापन पक्ष र परिवर्तन पक्ष चुनावी मैदानमा रहेका छन् । अध्यक्षको लागि संस्थापनबाट मणि कुँवर र परिवर्तन पक्षबाट कर्माछिरीङ शेर्पाले उम्मेदवारी दिएका छन् । यसअघि गत पुस २३ र माघ ११ मा चुनाव गर्ने मिति तोकिए पनि विविध कारण देखाउँदै एन्फाले निर्वाचनको मिति सारेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC