site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अोली–दाहाल वान टु वान वार्तामा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले वान टु वान वार्ता जारी छ ।
प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार निवासमा बोलाएका थिए । हिजो परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका दाहाल साढे १० बजे बालुवाटार आइपुगेका थिए । त्यसपछि दुई नेता वार्तामा छन् ।
वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता भएको हो ।
नेकपा एमालेले जनयुद्ध स्वीकार गर्न नसकिने र एकतामा जाँदा बराबर अनुपात मिलाउन नसक्ने जवाफ दिएपछि एकता प्रक्रिया केही लम्बिएको थियो ।
दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।
बालुवाटार स्रोतका अनुसार आजको यो वार्ता निर्णायक हुनेछ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीले दाहाललाई १० बजे छलफलका लागि बोलाएका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC