एजेन्सी । फ्रेन्च लिग फुटबल लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको मोनाकोलाई ७ – १ ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई फराकिलो जित दिलाउन एन्जल डी मारिया र जियोभानी लो सेल्सोले समान दुई दुई गोल गरे । यस्तै एडिन्सन काभानी र जुलियन ड्राक्सलरले समान एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । साबिकको विजेता मोनाकोका राडमेल फाल्काओले आत्मघाती गोल गर्दा रोनी लोपेसले एक गोल फर्काएका थिए ।
मोनाकोविरुद्ध फराकिलो जितसँगै पिएसजीले मोनाकोलाई १७ अंकले पछि पार्दै उपाधि जितेको हो । योसँगै पिएसजीले छैटौं सिजन फ्रेन्च लिग फुटबलको उपाधि जित्न सफल भएको छ । गतवर्ष भने मोनाकोले पिएसजीलाई पछि पार्दै १७ बर्षपछि लिगको उपाधि जितेको थियो ।
पाँच खेल अघि नै फ्रेन्च लिगको उपाधि जित्ने क्रममा पिएसजीले ३३ खेलबाट ७८ अंक जोडेको छ । पराजित मोनाकोको ७० अंक रहेको छ । लिगमा तेस्रो स्थानको लियोनको ६६ अंक छ ।