एजेन्सी । पाकिस्तानले भारतका एक कुटनीतिज्ञलाई सिख धर्मावलम्बी श्रद्धालुहरुसँग भेटघाटमा प्रतिवन्ध लगाएको छ । उसले ती कुटनीतिज्ञलाई सिख धर्मावलम्बीहरुको गुरुद्वारामा समेत जानमा रोक लगाएको छ ।
भारतीय तीर्थयात्रीहरुको स्वागतका लागि भारतीय उच्चायुक्त शनिवार ‘इवैक्यू ट्रस्ट प्रोपर्टी बोर्ड’ का अध्यक्षको निमन्त्रणामा गुरुद्वारा पंजा साहिब गइरहेका बेला पाकिस्तानले फिर्ता पठाएको हो ।
भारतको विदेश मन्त्रालयले झण्डै १८ सय सिख श्रद्धालुहरुको समूह ‘सुविधाजन तीर्थयात्रा’ सम्बन्धी द्विपक्षीय सन्धि अनुसार १२ अप्रिलमा पाकिस्तान यात्रामा गएको थियो । उसले पाकिस्तानमा आफ्ना कुटनीतिज्ञलाई तीर्थयात्रा गएका सिख धर्मावलम्बी श्रद्धालुहरुसँग भेटघाट गर्न नदिएको प्रति आपत्ति जनाएको छ ।
भारतको विदेश मन्त्रालयले पाकिस्तानको पछिल्लो कदमले कुटनीतिक सम्बन्ध सम्बन्धिको सन्धि उल्लंघन गरेको टिप्पणी पनि गरेको छ । दुई साता अघि मात्रै भारत र पाकिस्तान कुटनीतिज्ञसँग सम्बन्धित व्यवहारहरुसँग जोडिएका मामिलाहरु समाधान गर्न सहमत भएका थिए । यस अघि दुबै मुलुकका कुटनीतिज्ञहरु एक–अर्कामाथि उत्पीड़न भइरहेको दाबी गर्दै आएका थिए ।