site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शीर्ष नेता मौन तल आरोप/ प्रत्यारोप, माओवादी नेता भन्छन्– एमालेले माफी माग्नुपर्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । “नेकपा माओवादी केन्द्र एमालेको हाराहारीमा हुन सक्दैन, पार्टी एकताको अनुपात कसरी बराबर हुन सक्छ ? स्थानीय तह र संसद्को निर्वाचनको अनुपातका आधारमा मात्रै माओवादीलाई स्थान दिन सकिन्छ,” नेकपा एमालेका एक नेताले बाह्रखरीसँगको कुराकानीमा शनिबार बेलुका भने ।

नेकपा एमाले र माओवादीका शीर्ष नेताहरुबीच एकता प्रक्रिया सुरु भएदेखि नै एकले अर्को पार्टी र नेता कार्यकर्तालाई गाली गलौज नगर्ने सहमति भए पनि अनौपचारिक कुराकानीका क्रममा भने दुई पार्टीका नेताहरुबीच प्रशस्तै बेमेल देखिन्छ ।
कुराकानीका क्रममा ती नेताले भोलि (एकतापछि) पार्टीमा आउन सक्ने सम्भावित दुर्घटनाप्रति दुवै दलका नेता अहिलेदेखि नै सचेत छन् । त्यसका लागि आफ्नो भूमिका अहिले नै बलियो बनाउन चाहन्छन् । 

त्यसविपरीत पनि अहिले विरोधका स्वर बिस्तारै बाहिर आउन थालेका छन् । एमालेका नेताहरु मात्रै होइन, नेकपा माओवादीमा पनि एमालेसँग सम्मानजनक रुपमा मात्रै एकता हुन सक्ने आवाज बिस्तारै उठ्न थालेको छ ।
माओवादीको युवा संगठन वाईसीयलले त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जनयुद्ध र अनुपात नमिलाउने हो भने एकता नगर्न दबाब दिएको छ ।  आइतबार बिहान प्रचण्डलाई भेटेर विधानमै जनयुद्ध उल्लेख हुनुपर्ने, बराबरको सिद्धान्तका आधारमा मात्रै एकता हुनुपर्ने लगायतका सुझाव दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

देख्दा सचिव सरुवाको विषय देखिए पनि दुवै पार्टीका नेताहरुको भनाईमा एकताका लागि अझै केही गम्भीर गृहकार्य बाँकी नै छन् ।  सचिव सरुवासँग रुष्ट बनेको माओवादी केन्द्र प्रधानमन्त्रीको भारत भ्रमणपछि थप सशंकित बनेको छ ।
यसका लागि एमालेले गरेको गल्तीमा माफी माग्नुपर्ने माओवादी केन्द्रका नेता मणि थापा बताउँछन् ।

“प्रधानमन्त्रीले सरकारमा रहेका हाम्रा मन्त्रीहरुलाई समेत जानकारी नदिई सचिव सरुवा गर्नुभयो,” थापाले बाह्रखरीसँग कुरा गर्दै भने, “भारत भ्रमणमा जानुअघि हामीसँग सल्लाह पनि गर्नुभएन । यस्तो क्रियाकलापले पार्टी एकतामा धक्का पुग्छ । सरकारमा रहेका मन्त्रीहरुलाई र हामीलाई नै विश्वास गर्नुभएन भने कसरी हुन्छ पार्टी एकता ? एकताको लागि विश्वास हुनुपर्यो नि पहिला । अझै पनि धरै बिग्रिसकेको छैन । पार्टी एकता गर्ने हो भने एमालेले यसबीचमा गरेका गल्तीहरुमा माफी माग्नुपर्छ ।”

Global Ime bank

उनले आफूहरुले अध्यक्ष दाहाललाई पनि सोही विषयमा ध्यानाकर्षण गराएको जानकारी दिए । थापाले विधानमा नै जनयुद्ध लेख्नुपर्ने, एकता बराबरको अनुपातमा हुने अवस्थामा मात्रै एकता अघि बढ्ने बताए ।
“विधानमा जनयुद्ध शब्द हुनैपर्छ । यदी भएन भने जनयुद्धमार्फत प्राप्त उपलब्धि कमजोर हुन सक्छन् । त्यसैले पार्टी एकतामा जाँदा यी विषयमा स्पष्ट हुनुपर्छ ।”
उनले एमाले नेतृत्वले माओवादीसँग माफि मागेपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताए । पार्टी एकताको लागि लागि दुवै दलका नेता सम्मिलित विधान तथा प्रतिवेदन मस्यौदा कार्यदलले पार्टी एकताको प्रारम्भिक खाका तयार पारेपनि एकता संयोजन समितिको बैठक बस्न नसक्दा एकता प्रक्रिया झनै अन्योल बनेको हो । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यस विषयमा कुनै पनि धारणा सार्वजनिक गरेका छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले चितवन पुगेर समानताको आधारमा पचास पचास प्रतिशत रहने गरी एकता हुने बताएका थिए ।  त्यसपछि शीर्ष नेता सम्मिलित बैठक नै बस्न सकेको छैन ।

एमाले एजेन्डामा कडा बोलीमा नरम !

तर नेकपा एमालेका प्रभावशाली नेताहरु भने एकता प्रक्रिया अहिले रोकिने अवस्थामा नरहेको बताउँछन् । उनीहरु वैशाख ९ गते नै पार्टी एकता हुनेमा विश्वस्त देखिन्छन् । तर एजेन्डामा भने उनीहरु कडा रुपमा प्रस्तुत हुने गरेका छन् ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्षबीच अब वान टु वान वार्ता भएपछि सबै विषयको टुंगो लाग्ने बताउँछन् ।

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “दुई ठूला पार्टीबीच एकता हुँदैछ । जनयुद्ध, चुनाव चिन्ह र केन्द्रीय समितिको भागवन्डा छलफलमा आउनु स्वभाविक हो । यसअघि बस्ने भनिएको बैठकका बेला प्रचण्डजी बिरामी हुनुभयो । बस्न सकेन । त्यसपछि प्रधानमन्त्री रारा जानुभयो । अब भोलितिर दुई नेताबीच वान टु वान वार्ता हुन्छ । त्यसपछि एकता संयोजन समितिको बैठक बस्छ । यी सबै विषय सहमतिमै टुंगो लाग्छ । एकताका बारेमा अहिले प्रश्नै उठाउन पर्दैन ।”
उनले माओवादीले पनि अहिले शंकाको दृष्टिले हेर्न नपर्ने बताए । “अब हामी धेरै अघि बढिसकेका छौं । सानातिना विषयमा अल्झिन हुँदैन ।”

अर्का नेता सुरेन्द्र पाण्डेले पनि पार्टी एकता सहज विषय नभएको बताउँदै अब शंका गर्नुपर्ने कुनै कारण नभएको बताए । उनले वैशाख ९ गते नै पार्टी एकता हुने धारणा राखे ।  एमाले नेता रघुजी पन्तले पनि अब विवादित विषय केही पनि नभएको बताउँदै नेताहरुको कार्यव्यस्तताले नै बैठक बस्न नसकेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC