site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवती हत्याराको बयान –‘२ हजारमा बार्गेनिङ, मात्तिएपछि घाँटी थिचेर हत्या’
Ghorahi CementGhorahi Cement

काठमाडौं । चैत २२ गते काठमाडौंको नयाँ बसपार्कस्थित न्यू भुमेश्वर एण्ड अर्जुन पाहुना घरमा एक युवतीको हत्या गरि फरार सल्यानका गोपाल शर्मा पक्राउ परेका छन् । 

आफूसँगै कोठामा लगेर शर्माले चितवन सौराहाकी रिहा अधिकारीको हत्या गरेका थिए । युवतीको घाँटी थिचेर हत्या गरेपछि उनी फरार भएको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले कञ्चनपुरस्थित गड्डाचौकीबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्श्वराज पोखरेलले बताए ।

Agni Group

यस्तो छ घटना विवरण
 

२१ गते गोपाल शर्मा रामेछापबाट काठमाडौं आए । उनी रामेछापमा सामान्य काम गर्दै आएका थिए  । अर्को दिन साँझ नयाँ बसपार्कको माछापोखरी क्षेत्रमा उनको भेट रिहासँग भयो ।  दुवैजनाको २ हजारमा रात सँगै बिताउने सहमति भयो । युवतीले होटल आफुले चिनेको भन्दै न्यू भुमेश्वर एण्ड अर्जुन पाहुना घरमा लगिन् । उनीहरु होटलको कोठा नम्बर २०३ मा बसे ।

Global Ime bank

त्यसपछि गोपालले वियर र रिहाले भर्जिन ब्रान्डको मदीरा पिए । रिहा रक्सीले मात्तिएपछि गोपाललाई गाली गर्न थालिन् । प्रहरीसँग गोपालले दिएको बयानमा भनेका छन्–‘रिहा मात्तिएपछि तिम्री आमा र बहिनीसँग रात बिताउ, केटाहरु बोलाएर तिमीलाई मार्छुसम्म भन्न लागिन् । त्यसपछि मैले आफ्नै काखमा राखेर घाँटी थिचेर मारिदिएँ ।’

त्यसपछि गोपाल त्यही राति होटलबाट भागेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार गोपालले मृतक युवतीकै सिमकार्ड लगेका थिए । 

युवतीको पहिचान गर्नै गाह्रो
 

प्रहरीका अनुसार मृतक युवतीको वास्तविक नाम रिहा अधिकारी हो कि होइन प्रष्ट हुन सकेको छैन । एसएसपी पोखरेलले भने केही अन्य स्रोतमार्फत मृतकको नाम रिहा र ठेगाना चितवन भन्ने सुनिएपनि उनलाई खोज्न कोही पनि आएका छैनन् । प्रहरीका अनुसार उनको नाम ठेगाना नहुँदा शवको सनाखत समेत हुन सकेको छैन । उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC