साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘हैरान’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको छ । स्वर सत्य/स्वरूपसँगै सरगम आचार्य र बबिता मानन्धरको छ । र्यापमा गिरिश खतिवडा छन् ।
राजन इशानले एरेन्ज गरेको गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ ।
भिडियोमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकार फिर्चड छन् ।
विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हैरान’ कमेडी जनरमा तयार पारिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५ १३:४५
प्रतिक्रिया दिनुहोस्