रेलमा के पठाउने ?

रेलमा के पठाउने ?

- रवि मिश्र


टिन्सिनले नि कहिल्यै नछोड्ने भो एउटो टिन्सिन सकियो अर्को आइलाग्ने, अर्को सकियो अर्को आइलाग्ने बल्लबल्ल एकथरी टिन्सिनलाई फकाइ-फुल्या कोसेलीपात प्याक गरी 'लु राम्रोसँग जानू, बा sss !' भनेको मात्र के हुन्छ, अर्कोथरी टिन्सिन 'हाss !' भन्न आइपुग्छ

बिहान भो सखारै 'ओइ कति सुत्या उठ्नु पर्दैन ? आँगनमा टन्टलापुर घाम लाइसको' भन्दै टिन्सिन उठाउन आइपुग्छ ब्रस गर्न थाल्यो, मुख धुन थाल्यो ऐनामा एकथान टिन्सिन जे ऱ्यो, त्यही गर्न थाल्छ कम्ता रिस उठ्दैन

मुख पुछ्नको लागि सँगसँगै टिन्सिन तौलिया खोज्न थाल्छ हप्ताको एक-दुदिन यसो प्रभातकालीन बुर्कुसी (मर्निङ वाक) मा निस्किम् भन्यो, टिन्सिन अघि-पछि लागेर, अल्झाएर उधुम गर्छ केही थान टिन्सिनहरु घरघर, गल्लीगल्लीतिरबाट निस्केर 'भौ भौ भौ' गर्छ चोरला झैं दपेट्छ केही थान टिन्सिनहरु प्वाँप्वाँ पार्दै छेवैबाट हुत्त कुदेर जेमराज सरसँग साक्षात्का गराएर जान्छन्

खाना खान लागो - टिन्सिन पनि धोती फेरेर सँगै बस्छ कुइनु जुधाएर खा नसाध्धे पार्छ  'सौजी एक कप च्या दिनुस् ' भनेर च्या पसलमा पस्यो, टिन्सिन 'मलाई चैं चिनी कम, रंग बढी है' भन्दै आइपुग्छ कति घाँडो जिनिस यो टिन्सिन भन्ने

कार्यालय गयो सँगसँगै जान्छ टिन्सिन घर फर्क्यो, सँसँगै फर्किन्छ कतै बाहिर निस्क्यो- सँगै निस्किन्छ यसो जमघट हुन्छ, सबैभन्दा पहिले हात मिलाउन टिन्सिनै आइपुग्छ जता गयो, उतै टिन्सिन तोइट !

कहिलेकाहीँ लाग्छ- यी सारा टिन्सिन यतै छोडेर कतै टाढा जाम् गइन्छ पनि तर, जहाँ पुगिन्छ- यो चैं ठाढा भनेर- टिन्सिन आफूभन्दा पहिल्यै त्यहाँ पुगेर आफैंलाईवेलकम' भनिरा' हुन्छ

कहिलेकाहीँ रिसै पनि टुप्पीको टुप्पामा सोइसला खेल्न थाल्छ अनि 'तँ टिन्सिनेलाई लौ खा !' भनेर टिन्सिनला कोठाभित्रै थुनी ताला लाएर बाहिर निस्कियो- 'काली पारी~~ दाइ कति राम्रो' गीत सुनिन्छ यसो हेऱ्यो- ढाका टोपी, काँधैमा गलबन्दी लगाउने बज्जे टिन्सिनै पो हुन्छ कहाँबाट उहिल्यै निस्कीवरि ढलक-ढलक गर्दै हिँडिरा'को

यसरी मान्छे (अरु नभए मै मात्रै भए नि ) आफ्नै टिन्सिनले थलिएको हुन्छ आफ्नै टिन्सिन अपरम्पार हुन्छ यस बखताँ देशको टिन्सिन पिँदा सिकिस्त होइँदोर' केही र्षयता मुलुकको टेन्सनले हनहनी भैरा' पहिले संविधान बन्ला कि नबन्ला भन्ने टिन्सिन थियो सोचिन्थ्यो- यो संविधान भन्ने जिनिस बन्दिए देशको टिन्सिनै सकिन्थ्यो ढुक्क हुन्थ्यो लास्टाँ बन्यो पनि तर, टिन्सिन हटेन भारतले नाकाबन्दी लगाइदियो त्यहीँ टिन्सिन भो यो नाकाबन्दी चैं खुल्दिएदेखि टिन्सिनै खलाँस हुन्थ्यो भन्ने सोचियो आखिर के छैन हामीसँ टिन्सिन हुनलाई ? संविधान बन्नुथ्यो, बनिगो अब संविधान बनेसी समृद्धि आइहाल्छ समृद्धि आइसकेको समृद्ध देशको मान्छेले टिन्सिन लिनै किन ऱ्यो ? लास्टाँ नाकाबन्दी नि हट्यो भारतीय नाकाबन्दीको टेन्सन भारतलाई नै जिम्मा लगाएर अब ढुक्क भो भनेको मात्रै के थियो, अर्को टिन्सिन आइलाग्यो- 'समृद्धि ल्याउने '

समृद्धिजस्तो कुरा ल्याउने ल्याउने, कसरी ल्याउने ? केमा ल्याउने ? एकबार आउने समृद्धि बसमा के ल्या भो ? त्यो भीमकाय समृद्धि बसमा अटाउला पो कसरी ? ट्रकैमा नअटाउला अब बस, ट्रकैमा नअटाउने समृद्धि कार, टेक्सी, पिकअप भ्यान जस्ता फुच्चे गाडीमा के आउला ! बाइक, स्कुटरमा ल्याउने भन्नु केपी ओलिइङ गर्नु हो बयलगाडामा ल्याम् भने उहिल्यै त्यसैमा चढेर गणतन्त्र आइसक्यो जाबो एउटो बयलगाडाले गणतन्त्र पनि, समृद्धि पनि के ल्याउला ? ल्याम्दाल्याम्दै बीच बाटोमा फ्याट्ट बयल गाडा पन्चर भयो भने समृद्धि के हिँडाएर ल्याउने ?

धन्न हाम्रा प्रमज्यूले जुक्ति फुराम्नु भो रेल, पानीजहाज ल्याउने भन्नुभो रेल, पानीजहाज आउने भएपछि समृद्धि केमा ल्याउने भन्ने टिन्सिन भएन रेलमा ल्याए नि भो, पानीजहाजमा ल्याए नि भो फेरि अर्को टिन्सिन शुरु भो- रेल, पानीजहाज पो आउला कि नआउला ? लास्टाँ त्यो टिन्सिन पनि सकियो प्रधानमन्त्री भारत गएसी रेल, पानीजहाज आउने कन्फर्म भो

आउने कन्फर्म भो, आउनेको टिन्सिन सकियो फेरि अर्को टिन्सिन शुरु भो- यस्तो अवस्थामा आउँदा के होला ? बाटोको अवस्था यस्तो खाल्डो नपरेको, पिच नउप्केको ठाउँ छैन यस्तो अवस्थामा रेल कुदाउँदा रेलको टायर कति पन्चर होला ? टायर पन्चर भैहालेमा फेर्ने जनशक्ति, वर्क खै नेपालमा ? यस्ता पूर्वाधार तयार नभई रेल ल्याएर फ्याट्ट टायर पन्चर भैहाल्यो भने क्यार्ने ? ठेल्दै भारत लाने बनाउन ? बर्खामा पानी पर्छ उपत्यका जलमग्न हुन्छ सडक निर्माण, ढल निर्माण तथा मेलम्ची खानेपानीको पाइपलाइन निर्माणको लागि यत्रायत्रा खाल्डा खनेका न् त्यत्रा महँगा रेलहरु खाल्डामा डुबी हराए भने देशलाई घाटा परेन ? सडकमा रेलको छुट्टै लेन बनेको छैन अचेल ठूला गाडीले साना गाडीला, साना गाडीले मोटरसाइकल, साइकलला पेलेर च्यापेर उल्का गर्छन् त्यहाँ रेलै पस्दा के होला ? अरु सवारीको राम नाम सत्ते हो भैहाल्यो नि

बेलाबखत हामीकहाँ पेट्रोलियम पदार्थको अभाव भैरहन्छ यस्तो अवस्थामा हामी कम्तीमा नि एक महिनाला पुग्नेगरी तेल भर्न लाइन बसिहाल्छौ यसैगरी रेल पनि लाइन बस्न थाले भने लाइन कहाँ पुग्ला ? ताप्लेजुङ ? डोल्पा ? दार्चुला ?? फेरि रेल पनि एकथरी होइन, तीन थरी- एउटो चीनबाट आउने सुल्सुले रेल अर्को भारतबाट आउने छुकछुके रेल फेरि अर्को यही विद्यासुन्दरजीको भुलभुले रेल त्यत्रा लामा-लामा रेल कचौराजत्रो काठमाडौं खाल्डोमा हिँड्दा उहिले नोकिया फुनमा स्नेक गेम खेले जस्तो हुन्न ? स्मार्ट फुनको यो जगजगीमा हाम्रो समृद्धिले हामीलाई नोकिया जुगमा लैजान्न ? ट्रक, टिपर गुड्दा धूलो उडेर आँखा हेर्न हुन्न त्यत्रो पानीजहाज गुड्न थालेसी धूलो कति उड्ला ? त्यो धूलोले आँखाको हालत के होला ? समृद्धि आए नि देख्न नपाइने भो समृद्धि नहेरी मरिने पो भैयो टिन्सिन बोकी नसाध्धे टिन्सिन

एउटो प्रधानमन्त्रीज्यूसँगै थियो- उनले टिन्सिनबाट मुक्ति हुने जुक्ति निकाल्लान् भन्ने तर, उनले झन् अर्को टिन्सिन पो ल्याए रेल आउँछ रेल चडेर समृद्धि नि आउँछ तर, जाँदा रेलमा के हालेर पठाउने ?

फेरि टिन्सिन - रेलमा के हालेर पठाउने ?

एक थैला गुन्द्रुक पठाइदिने ? कि एक बट्टा तामा ? कि पुरानो अचार ? कि दुमाना घ्यु ? सिलामको छोप पठाउने ? कि प्रधानमन्त्री कामरेडकै चुट्किला सङ्ग्रह पठाइदिने ? वा रेल ल्याउने प्रधानमन्त्री नै रेलमा हालेर पठाइदिने ? भन्नुस् रेलमा के पठाउने ?

प्रतिकृया दिनुहोस