site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डीपीएल–२ को उपाधि धनगढीलाई, काठमाडौं २१ रनले पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधि टिम चौराह धनगढीले जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो । 

१८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो ।   काठमाडौंका लागि अमित श्रेष्ठले विष्फोटक ब्याटिङ गर्दै ५८ रन बनाए पनि जित दिलाउन सकेनन् । त्यस्तै, काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२ र नरेश बुढाऐरले १९ रन बनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ ललित भण्डारीले ३ र रोहन मुस्ताफाले २ विकेट लिए । यसअघि धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । धनगढीको एसएसपी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले उत्कृष्ट ब्याटिङ गर्दै काठमाडौं विरुद्ध उच्च स्कोर बनाएको थियो । 

धनगढीको लागि सुनिल धमला र रोहन मुस्ताफाले उत्कृष्ट प्रदर्शन गरे । सुनिल धमलाले ७८ रन बनाए । उनले ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहन मुस्ताफाले ६० रन बनाए । उनले ४२ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ६० रन बनाएका थिए । 

Global Ime bank

बलिङतर्फ काठमाडौंका सुबोध भाटीले २ विकेट लिए । साविक विजेतासमेत रहेको धनगढीले २५ लाख नगद पाएको छ । त्यस्तै, उपविजेता बनेको काठमाडौंले १० लाख नगद पाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC