site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

सांसद् तथा एमाले नेता रामवीर मानन्धरले चलचित्र विकास बोर्डविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । बुधबार अपरान्ह विकास बोर्ड पुगेका मानन्धरले बक्स अफिस लागू नगर्न चेतावनी दिँदै मुद्दाको धम्की दिएका हुन् ।

काठमाडौंको बालाजु बाइपासस्थित अष्टनारायण हलका मालिकसमेत रहेका मानन्धर क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद् हुन् । 

Agni Group

“उहाँ आज बोर्डमा आउनुभएको थियो । केही कुरा मैले बुझाइदिएँ । उहाँ केही कन्भिन्स पनि हुनुभयो । तर उहाँले मुद्दा हाल्छु भन्नुभएको छ,” बोर्ड अध्यक्ष निकिता पौडेलले बाह्रखरीसँग भनिन् ।

यता, सांसद मानन्धरले भने आफूलाई यसबारे केही पनि थाहा नभएको प्रतिक्रिया दिए । आफूले कसैलाई आर्थिक प्रलोभन पनि नदेखाएको र धम्की पनि नदिएको दाबी उनको छ ।

Global Ime bank

“यसबारे मलाई केही पनि थाहा छैन । म यसबारे बोल्नै चाहन्नँ । बक्स अफिसबारे केही थाहा छैन,” मानन्धरले भने, “हल सञ्चालान गर्दैमा सबै कुरा थाहा हुन्छ भन्ने छैन । मलाई थाहा छैन । मलाई यस्तो आरोप कसले लगायो, लिएर आउनुस्, म उहाँसँगै यसबारे कुरा गर्न चाहन्छु ।”

बोर्डले ०७५ वैशाख १ देखि बक्स अफिस लागू गर्ने तयारी गरिरहेको छ । यसका लागि बोर्ड अध्यक्ष पौडेल अहिले आफैं सिंगल थिएटरमा पुगिरहेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC