site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जागिर खानमात्र बसेको होइन,आजै राजीनामा दिन्छु : रमेश खरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले प्रहरी प्रमुखमा डीआईजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेपछि अर्का डीआईजी रमेश खरेलले असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिने घोषणा गरेका छन् ।

प्रहरी प्रमुखका लागि खनालसँगै खरेल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपछि खरेलले असन्तुष्टि जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर उनले खनालप्रति कुनै आग्रह/पूर्वाग्रह नभएको बताएका छन् । “प्रहरीमा भागबन्डाको पद्धति अन्त्य हुनुपर्छ भन्ने मेरो धारणा हो,” डीआईजी खरेलले बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै बुधबार बिहान भने, “प्रहरीमा म जागिर खानकै लागि मात्र बसेको होइन, केही ड्रिम प्रोजेक्ट थिए । त्यो पूरा गर्ने मेरो इच्छा थियो तर त्यो जिम्मेवारीमा नरहेपछि अब राजीनामा दिने निर्णयमा पुगेको छु । मैले आजै राजीनामा दिन्छु ।”

उनले राजीनामापछिको कुनै योजना नबनाएको पनि धारणा राखे ।
तस्बिर, फेसबुकबाट 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC