प्रविधि

आतंकवादलाई बढावा दिएको भन्दै १० लाख ट्विटर खाता बन्द

आतंकवादलाई बढावा दिएको भन्दै १० लाख ट्विटर खाता बन्द

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्विटरले आंतकवादलाई बढावा दिने १० लाखभन्दा बढी खाताहरु बन्द गरेको छ । ट्विटरले सन् २०१५ बाट अहिलेसम्म आंतकवादलाई बढावा दिने १० लाखभन्दा बढी खाताहरु बन्द गरिएको जनाएको हो । 

ट्विटरले शुक्रबार नवीनतम पारदर्शिता रिपोर्टमार्फत कम्पनीले आप्mनो मञ्चलाई हिंसाका लागि ‘एक अवान्छनीय स्थान’ बनाउने प्रयासको शुरुआत गरेको दावी गरेको छ ।
जुलाईदेखि डिसेम्बर २०१७ को बीचमा ट्विटरले आतंकवादलाई बढावा दिने २ लाख ७४ हजार ४६० खाताहरु बन्द गरिएको रिपोर्टमा जनाएको छ । 
 

तपाईंको मत